• ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
  •   Unicode
Logo
Latest
★   रुसमा हाइपरसोनिक वैज्ञानिकलाई देशद्रोहको आरोपमा १४ वर्षको कारागार सजाय ★   सशस्त्र प्रहरी निरीक्षक पौडेलद्वारा सगरमाथा आरोहण ★   कान्तिपुरका अध्यक्ष सिरोहियाले दिए सर्वोच्चमा निवेदन ★   कान्तिपुरका अध्यक्ष सिरोहियालाई नियन्त्रणमा लिन प्रहरी कान्तिपुरको कार्यालयमा ★   अक्षय कुमारले गरे पत्नी ट्वींकलको तारिफ ★   कोठाभाडा तिर्न नसक्दा कृष्णले मृत्युको बाटो रोजे ★   खेलकुदमन्त्री श्रेष्ठको शेयरमा एक करोड बढी लगानी ★   सगरमाथामा कीर्तिमान बनाउने प्रतिस्पर्धा ★   संसदबाटै बजेट आउने माओवादी सांसदहरुको दाबी ★   डीपी अर्यालको सम्पत्तिः १५० तोला सुन, हिरा १० तोला

के हो टाङ्गिवाइ शिल्ड ? जसले दुःखद रेल दुर्घटनाको स्मरण गराउँछ



एजेन्सी । न्युजिल्यान्ड र दक्षिण अफ्रिकाबीचको दुई टेष्टको शृंखला ४ फेब्रुअरीबाट सुरु हुँदैछ । यो टेस्ट शृंखला टाङ्गिवाइ शिल्डका लागि आयोजना गरिएको हो । यो ट्रफी १९५३ को दुखद रेल दुर्घटना को स्मरण गर्दछ ।

क्रिसमसको पूर्वसन्ध्यामा वेलिंग्टनबाट अकल्याण्ड जाँदै गरेको रेलमा १५१ जनाको ज्यान गएको थियो । जसमा न्युजिल्यान्डका फास्ट बलर बब ब्लेयरकी मंगेतर नेरिसा लभ पनि पर्छन् ।

रेल दुर्घटना २४ डिसेम्बरमा जोहानेसबर्गको एलिस पार्कमा भएको न्यूजील्याण्ड र दक्षिण अफ्रिकाबीचको दोस्रो टेस्ट हुँदै गर्दा भयो । जसमा ब्लेयर पनि हिस्सा थिए । पहिलो दिन न्युजिल्यान्डको तेज आक्रमणले दक्षिण अफ्रिकालाई ८ विकेटमा २५९ रनमा सीमित गरेको थियो । न्यूजील्याण्ड टोलीले आफ्नो टिम होटलमा क्रिसमस बिताए, तर बक्सिङ डेमा रेल दुर्घटनाको खबरले स्तब्ध बनायो ।

ब्लेयर शोक व्यक्त गर्न होटलमै रहे । उनले खेल नखेल्ने घोषणा गरेपछि मैदानमा झण्डा आधा झुकाइयो । तर, न्यूजिल्याण्डको पहिलो इनिङ्समा १५४ रनमा नवौं विकेट खसेपछि ब्लेयर खेल खेल्न मैदानमा आएका थिए ।

एलिस पार्कका खेलाडी र फ्यानहरू स्तब्ध भए । ब्लेयरले सटक्लिफसँग ३३ रनको साझेदारी गर्दै न्युजिल्यान्डलाई १८७ रनमा पुर्याए, जुन न्युजिल्यान्डका लागि निर्णायक साबित भयो ।

न्युजिल्यान्ड र दक्षिण अफ्रिका क्रिकेट बोर्डले प्रत्येक टेस्ट सिरिज टाङ्गिवाइ शिल्डको नाममा खेल्ने निर्णय गरेका छन् । एक हिसाबले यो रेल दुर्घटनामा ज्यान गुमाएका १५१ जनालाई श्रद्धाञ्जली हुनेछ । यो शिल्ड कार्भर डेभिड नगावती (नगाती हाइन)द्वारा निर्माण गरिएको छ । यो न्युजिल्याण्डमा पाइने पुरीरी काठबाट बनेको हो । त्यसको बिचमा टाङ्गिवाई क्षेत्रबाट पाइने विशेष प्रकारको ढुङ्गा पोनामु टाँसिएको छ ।