२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

धनगढीमा ग्रासरुट क्रिकेटका लागि दुई प्रशिक्षक नियुक्त



अ+ अ-

धनगढी । क्रिकेटको शहर धनगढीमा सञ्चालन भईरहेको ग्रासरुट क्रिकेट विकास कार्यक्रमका लागि दुई जना प्रशिक्षक नियुक्त भएका छन् ।

गत माघ ६ गते धनगढी उपमहानगरपालिकासँगको साझेदारीमा गो ड्रिमर्सले उपमहानगरपालिकामा क्रिकेट ग्रासरुट विकास कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको थियो । उक्त निर्णय कार्यान्वयनका लागि लेभल वान प्रशिक्षक देबनारायण झा र ज्ञानेन्द्र क्षेत्रीलाई प्रशिक्षकमा नियुक्त गरिएको हो ।

गो ड्रिमर्सका अध्यक्ष सुवास शाहीले आइतबार दुबै प्रशिक्षकलाई नियुक्ति पत्र हस्तान्तरण गरे । गो ड्रिमर्सले उपमहानगरपालिकाका दुई नमूना स्कुलहरुमा हाल ग्रासरुट क्रिकेट विकास कार्यक्रम सञ्चालन गर्दैछ ।

जसमध्ये धनगढी वडानम्बर १२ स्थित श्री सिद्धनाथ मावि, जुगेडामा क्षेत्री र धनगढी वडानम्बर १८ स्थित श्री चन्द्रोदय मावि, फुलबारी झाले प्रशिक्षण गराउनेछन् ।

गो ड्रिमर्सका अध्यक्ष सुवाश शाहीले अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने लक्ष्यसहित सुरु भएको यो कार्यक्रमका लागि योग्य प्रशिक्षक अनुबन्ध गर्न पाउँदा खुशी व्यक्त गर्दै दुबै जनालाई शुभकामना दिए ।

२०५९ सालदेखि नै क्रिकेट खेल्न थालेका झाले सुदूरपश्चिममा सम्पन्न छैटौं राष्ट्रिय खेलकुद प्रतियोगितासम्म आफ्नो खेलाडी करिअर अघि बढाएका थिए । त्यसपछि उनले प्रशिक्षकका रुपमा भूमिका निर्वाह गरेका हुन् । उनले आइसीसी लेभल १ प्रशिक्षण कोर्ष गरेका छन् ।

स्कुल लेभलबाट क्रिकेट सुरु गरेका क्षेत्रीले यू १९ देखि राष्ट्रिय प्रतियोगितामाहरुमा खेलिसकेका छन् । खेलजीवन पछि उनले २०७२ सालदेखि प्रशिक्षण थालेका हुन् । उनले आइसीसी लेभल १ प्रशिक्षण कोर्ष गरेका छन् ।

दुबै प्रशिक्षण केन्द्रमा लगत्तै प्रशिक्षण सुरु हुने अध्यक्ष शाहीले जनाए । केन्द्र आपपासका क्रिकेट प्रशिक्षण लिन चाहाने इच्छुक खेलाडीहरुलाई विद्यालयमा सम्पर्क राख्न समेत गो ड्रिमर्सले अनुरोध गरेको छ ।