१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनमत पार्टीको सचिवालय बैठक सुरु



अ+ अ-

काठमाडौँ । समसामयिक राजनीतिबारे छलफल गर्न जनमत पार्टीको सचिवालय बैठक केहीबेरअघि सुरु भएको छ ।

पार्टी कार्यालय नयाँ बानेश्वरमा सुरु बैठकका मुलुकको समसामयिक राजनीतिबारे छलफल भइरहेको सो पार्टीका प्रवक्ता डा शरद्सिंह यादवले जानकारी दिनुभयो ।

बैठकमा भोलि सोमबारदेखि सुरु हुने सङ्घीय संसद्को हिउँदे अधिवेशनमा पार्टीको भूमिका प्रभावकारी बनाउने विषयमा पनि छलफल भइरहेको जनमतले जनाएको छ । बैठकमा सङ्गठन विस्तार, वडा अधिवेशनको समीक्षा तथा मधेस प्रदेश सरकारबाट पार्टी बाहिरिएपछिको परिस्थिति, उपनिर्वाचनलगायत विषयमा पनि छलफल हुने प्रवक्ता यादवले बताउनुभयो ।