२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान News Polar सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं News Polar धनकुटामा २० व्यक्तिबाट रक्तदान News Polar भन्सार छलेर ल्याइएका सामान बरामद

‘यादको मूर्च्छना’को विमोचन

‘यादको मूर्च्छना’को विमोचन
अ अ+ अ-

काठमाडौं । गीतकार अगम विकरालको कृति ‘यादको मूर्च्छना’को विमोचन भएको छ । रावासावा प्राज्ञिक समाज नेपालद्वारा शनिबार आयोजित कार्यक्रममा कृतिको विमोचन गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, विशिष्ट अतिथि नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भु राई, नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदी, रावासावा प्राज्ञिक समाज नेपालका अध्यक्ष बम बानियाँ, गीतकार विकरालकी धर्मपत्नी फूलमाया राई लगायतले कृतिको विमोचन गरे ।

विमोचित कृतिमाथि गीतकारहरु हर्क साउद, शितल कादम्बिनी र अमर वान्तुले टिप्पणी गरे । गीतकार साउदले कृतिका अधिकांश गीतमा भोगाई र भावनाका कुराहरु बढी भएको बताए । उनले भने, ‘उहाँको उपनामझैं विकराल भावहरु गीतमा बढी समेटिएको पाएँ । माटो र संस्कृतिको विषयहरुलाई पनि अधिक मात्रामा गीतमार्फत अभिव्यक्त गर्न म सुझाव दिन्छु, यो अहिलेको आवश्यकता पनि हो ।’

गीतकार कादम्बिनीले पनि कृतिमा समेटिएका गीतहरु अधिकांश वियोगी भावको रहेको आफूले पाएको बताइन् । ‘ आफ्ना सिर्जनामार्फत आशावादी सोचमा जोड दिँदै जीवनलाई सुन्दर रुपमा प्रस्तुत गर्न म विकरालजीलाई आग्रह गर्दछु,’ उनले भनिन् । अर्का टिप्पणीकार अमर वान्तुले विकरालका गीतहरुमा आफूले संगीत भर्न चाहेको बताए । कृतिमा समावेश भएका हरेक गीतहरु उत्कृष्ट लागेकाले त्यसमा संगीत भरेर आफूले थप जीवन्तता दिन चाहेको उनको भनाई थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि हार्तम्छालीले प्रवासमा रहेर पनि गीतकार विकरालले नेपाली साहित्य–संगीतका क्षेत्रमा पु¥याएको योगदानको सराहना गरे । विशिष्ट अतिथि राईले सबैसँग सहकार्य गरेर नेपाली नाट्य तथा संगीतको क्षेत्रमा काम गर्न प्रतिष्ठान तयार रहेको बताए । प्रतिष्ठानका सदस्यसचिव डा. सुवेदीले सर्जकहरुबाट लोक विधामा पनि लेखन कार्य हुनु जरुरी रहेको औंल्याए ।

संस्कृतिकर्मी डा. भक्त राई, वरिष्ठ गीतकार शुभ मुकारुङ, गीतकार संघ नेपालका अध्यक्ष बसन्त बित्यासी थापा, वरिष्ठ साहित्यकार डा. विष्णु राई र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ चन्द्र रानाहँछाले पनि विमोचित कृति र गीत–संगीत क्षेत्रको विविध विषयमा धारणा राखेका थिए ।

रावासावा प्राज्ञिक समाजले प्रकाशन गरेको सो कृतिमा रेकर्ड भइसकेका २७ सहित १ सय ११ वटा गीत समावेश छन् । खोटाङको साकेला गाउँपालिका–२, रतन्छाका बासिन्दा गीतकार राई रोजगारीको सिलसिलामा हालः दक्षिण कोरियामा छन् । २०७६ सालमा ‘अनुभूति’ गीति एल्बम सार्वजनिक गरिसकेका उनी ‘वर्ष गीतकार पुरस्कार २०७८’बाट सम्मानित भएका थिए ।