३१ असार २०८३, बुधबार
,
Latest
सम्पत्ति छानबिन नगर्न अन्तरिम आदेश पेट्रोलियम पदार्थको मूल्य यथावत् चार ‘एमिकस क्युरी’ सिफारिस आइटी उद्योगसँग विश्वविद्यालय जोड्न सरकारको पहल, रोजगार र करियर मेला सञ्चालन गरिने सेरीघाट–नाग्म सडक स्तरोन्नति हुँदै गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै जटायु रेष्टुरेन्ट प्रतिष्ठित डाना कपमा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ पुनः मनोनित संसदको जीवन्तता सांसदहरू जनतासँग कति निकट छन् भन्ने कुराले निर्धारण गर्दछ सुदूरपश्चिममा बजेट पारित गर्न दलहरूसँग संवाद जारी कोशी प्रदेशको पर्यटन प्रवर्द्धन गर्न धरानमा ‘कोरा राइड साइक्लिङ च्यालेन्ज’
तपाईं के खोज्दै हुनुहुन्छ ?

आठ गोल निस्केको खेलमा न्युक्यासल र लुटनको रोमाञ्चक बराबरी



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत न्युक्यासल युनाइटेड र लुटन टाउनले बराबरी खेलेका छन् ।

गएराति भएको खेलमा दुबै टोलीले ४–४ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । खेलको ७ औं मिनेटमा सिन लङ्स्टाफले गोल गर्दै घरेलु टोली न्युक्यासललाई सुरुवाती अग्रता दिलाएका थिए । २१ औं मिनेटमा गाब्रियल ओसोले गोल गर्दै लुटनलाई १–१ को बराबरीमा ल्याए ।

२३ औं मिनेटमा लङ्स्टाफले व्यक्तिगत तथा टोलीका लागि पनि दोस्रो गोल गर्दै खेललाई २–१ ले अघि बढाए । ४० औं मिनेटमा रोस बार्कलीले गोल गर्दै लुटनलाई २–२ को बराबरीमा ल्याए ।

त्यसपछि ५९ औं मिनेटमा कार्टलन मोरिसले (पेनाल्टी) र ६२ औं मिनेटमा एलिजा अडेवायोले गोल गर्दै लुटनलाई ४–२ गोलले अघि बढाए । यता, ६७ औं मिनेटमा किएरन ट्रीपरले तथा ७३ औं मिनेटमा हार्भी बार्न्सले गोल गर्दै न्युक्यासललाई ४–४ को बराबरी गरे ।

बराबरीसँगै न्युक्यासल २३ खेलबाट ३३ अंकका साथ नवौं स्थानमा रहँदा लुटन २२ खेलबाट २० अंकका साथ १६ औं स्थानमा छ ।