१७ पुष २०८१, बुधबार
,
Latest
कुबेर कडायत र रबिन्द्र केसी प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा सिफारिस खेलकुद परिषदमा ध्रुव आचार्य नियुक्त अमेरिकामा पिकअप ट्रक आक्रमण, १० को मृत्यु, ३५ बढी घाइते खानेपानीको क्षेत्रमा भइरहेका कामको नतिजा देखिने गरी काम गरौँ : मन्त्री यादव ग्लोबल आइएमई बैंकको १८औं वार्षिकोत्सवको अवसरमा दराजमा १८ प्रतिशत छुट सन् २०२४ मा मनोरञ्जन क्षेत्र, स्वीफ्टोनोमिक्सदेखि कोरियन सङ्गीतको सफलतासम्म नयाँ वर्षमा आतशबाजी पड्काउँदा दुर्घटनामा परी पाँच जनाको मृत्यु विश्व अर्थतन्त्र २०२४ः कमजोर वृद्धिदर, भूराजनीतिक तनाव र कृत्रिम बौद्धिकताको उत्कर्षको वर्ष ‘स्थिर सरकारबाट मात्रै समृद्धि सम्भव’ विचाराधिन विधेयक आगामी अधिवेशनमा पारित हुनेगरी काम गर्न सांसदलाई काँग्रेसको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय हित रक्षाका निम्ति सशक्त भूमिका निर्वाह गर्ने एमाले अध्यक्षको प्रतिबद्धता



file photo
अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय हितको रक्षा गर्न आफ्नो दलले जिम्मेवार, सकारात्मक तथा सशक्त भूमिका निर्वाह गर्ने बताउनुभएको छ ।

संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले संसदीय अभ्यासलाई प्रभावकारी बनाउन प्रतिपक्षकोे भूमिका महत्वपूर्ण हुने बताउनुभयो । “मुलुकमा देखिएका बेथितिविरुद्ध बोल्नुपर्छ”, संसद्मा दृढताका साथ प्रस्तुत हुन सांसदलाई निर्देशन दिँदै उहाँले भन्नुभयो । आफ्नो क्षमताअनुसारको संसदीय समिति चयन गरेर प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिनुभयो ।

संसद्मा प्रतिपक्षको भूमिका सशक्त र प्रभावकारी हुनुपर्नेमा जोड दिँदै उहाँले त्यसका लागि खोजमूलक ढङ्गबाट प्रस्तुत हुन आग्रह गर्नुभयो । “व्यवस्थित ढङ्गले संसद् तथा समितिका आगामी बैठक सञ्चालन गर्ने, समितिलाई थप क्रियाशील बनाउने र बढीभन्दा बढी छलफलमा जुट्ने, समितिका कामलाई प्रभावकारी बनाउनुपर्छ”, अध्यक्ष ओलीले भन्नुभयो ।

दलका जनप्रतिनिधिले आफ्नो क्षेत्रमा सुशासन र विकासका निम्ति डटेर लाग्नुपर्छ भन्दै उहाँले दलीय व्यवस्थाप्रति नकारात्मक अभिव्यक्ति दिने छुट कसैलाई नभएको बताउनुभयोे । रासस