४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

विमानस्थल प्रहरी प्रमुख डीआईजी चन्दद्वारा राजीनामा



अ+ अ-

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डीआईजी अर्जुन चन्दले राजीनामा दिएका छन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार औपचारिक रुपमा राजीनामाको जानकारी आइनसकेको बताएको छ ।

चन्दले १३ वैशाखमा विमानस्थल सुरक्षा प्रमुखको जिम्मेवारी पाएका थिए । चन्द हालका प्रहरी महानिरीक्षक वसन्त कुँवरकै ब्याचका अधिकृत हुन् ।

राजीनामा नदिएको भए उनी ३० वर्षे सेवा अवधि कायम रहेको खण्डमा २०८१ चैतसम्म प्रहरी सेवामा हुने थिए ।

उनको राजीनामाको कारण खुलिसकेको छैन ।