२१ मंसिर २०८२, आईतवार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

खेलको विकासमा सरकारले आवश्यक बजेट छुट्याउन सकेनः नेता कोईराला



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले खेलकुदको विकासका लागि सरकारले आवश्यक बजेट छुट्याउन नसकेको बताउनुभएको छ ।

शनिवार ललितपुरमा तेस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको समापन समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले खेलकुदलाई प्राथमिकतामा राखेर बजेट छुट्याउन आवश्यक रहेको बताउनु भयो । उहाँले खेलाडीलाई घोषणा गरिएको रकम सरकारले चाँडै उपलब्ध गराउनुपर्ने बताउनु भयो । उहाँले कुनैपनि देशलाई विकास गर्नका लागि खेल क्षेत्रको विकास अपरिहार्य रहेको बताउनु भयो । उहाँले खेलकुदको विकास गर्नसके मात्रै युवाहरु आकर्षित हुने र अनुशासित हुने बताउनु भयो । खेलकुदलाई सबै राजनीतिकर्मीहरुले महत्वपूर्ण विधाको रुपमा लिएर अघि बढ्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपालमा खेलकुदको विकास भइराखेको छैन भनेर त म भन्दिनँ । तर जति हुनपर्ने हो खेलकुदको विकास, जसरी सरकारले बजेट छुट्याउनुपर्ने हो खेलकुदको निम्ति ति बजेटहरु छुट्याउन सकिरहेको देखिँदैन । खेलकुदका साथीहरुलाई जुन प्राइज दिन्छु भनेर करातेका साथीहरुले पनि जित्नुभएको रहेछ । गोल्डमेडल पनि पाउनुभएको रहेछ । अरु साथीहरुले पनि पाउनुभएको रहेछ । क्रिकेटका साथीहरु थिए । प्राइज दिने भनेर सरकारले घोषणा गर्छ, आश्वासन दिन्छ, तर दिन सकिरहेको थिएन, त्यस्तो अवस्थाबाट देश अघि बढिरहेको छ । कुनैपनि देशलाई विकास गर्नुछ भने खेलकुदको विकास गर्नुपर्छ । खेलकुदको विकास गर्न सक्यौँ हामीले भने युवाहरु इनर्जेटिक हुन्छन्, अनुशासित हुन्छन् र त्यो देश अनुशासित र विकसित हुन्छ । त्यसकारण खेलकुदलाई हामी सबैले राजनीतिकर्मीहरुले अत्यन्त महत्वपूर्ण विधाको रुपमा लिएर अघि जानसक्यौँ भनेमात्रै देशले एउटा गौरव गर्ने ठाउँ भेट्छ ।’

नेता कोईरालाले अध्ययन जत्तिकै खेलकुद पनि महत्वपूर्ण रहेको बताउनु भयो । अनुशासित भएर खेल्ने हो भने खेलबाटै देशको नाम चम्किने बताउनु भयो । उहाँले आगमी आर्थिक वर्षको बजेटमा खेल क्षेत्रको बजेट बढाउने गरी आफूहरले पहल गर्ने बताउनु भयो । —न्युज एजेन्सी नेपाल