९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस्

सत्तारुढ गठबन्धनले सत्तामा टिकिरहने काम मात्रै गरिरहेको छः ओली

सत्तारुढ गठबन्धनले सत्तामा टिकिरहने काम मात्रै गरिरहेको छः ओली
अ अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनले सत्तामा टिकिरहने काम मात्रै गरिरहेको बताउनुभएको छ ।

अध्यक्ष ओलीले सत्तामा पुग्ने र सत्तामा अडिरहने बाहेक सत्तारुढ गठबन्धनले देश र जनताको पक्षमा केही पनि काम नगरेको ओलीको आरोप थियो । शनिबार नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा आयोजित पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उहाँले सत्तारुढ गठबन्धनले सत्तामा अडिनेबाहेक अरु कुनै राजनीति नगरेको जिकिर गर्नुभयो ।

देशका निम्ति केही गर्ने भन्दा पनि सत्तारुढ गठबन्धनले सत्तादेखि सत्तासम्मको राजनीतिक चलखेल गरिरहेको ओलीले बताउनु भयो । उहाँले सरकारले दिगो विकास लक्ष्य विपरित रेमिटयान्सको भर परेर देश चलाउने सोच लिइरहेको समेत बताउनु भयो । ओलीले सरकारले जाजरकोटलगायतका क्षेत्रमा भूकम्प पीडितको पक्षमा अझै पनि आवास निर्माणको काम गर्न नसकेको भन्दै आक्रोश व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘देशको अवस्था नाजुक छ । जनताको अवस्था नाजुक छ । युवा विदेश पलायन भईराखेका छन । उनीहरुलाई रोक्ने होइन, त्यो रेमिटयान्सबाट सरकार आनन्द मानिरहेको छ । रेमिटयान्सबाट सरकार चलाउन पाइएको छ भनेर सरकार खुशी भएको हो । तर रेमिट्यान्सबाट देश चलाउने जस्तो घातक कुरा अरु केही हुन सक्दैन । कथमकदाचित कुनै हिसावले यदी कुनै दिन रेमिटयान्स बन्द भयो भने रेमिटयान्स नआउने कोभिड जस्तै केही चिज भइदियो भने रिजनल अशान्ति केही सानोतिनो भइदियो भने यो सबै कुरा समाप्त हुन्छ । अस्तव्यस्त हुन्छ । त्यसो भएर त्यो अवस्थामा हामी के गर्छौं ? दिगो विकास लक्ष्य भेटन भनेर हामी हिँडिरहेका छौं । रेमिटयान्स अर्थतन्त्र भनेको दिगो विकास हुन्छ ? दिगो विकास लक्ष्यको विपरित कुरा होइन यो ?

यो दिगो विकास लक्ष्य विपरितका कामहरु भएका छन् । हिँडनुपर्ने बाटो एकातिर छ । हिँड्न नहुने बाटो हिँडिएको छ । जानुपर्ने राजनीति एकातिर छ । सरकार बन्ने, बनाउने, टिकाउने त्यो भन्दा परतिर राजनीति नै भएन । देशको लागि केही गर्नुपर्छ भन्ने राजनीति नै भएन । यो गठबन्धनको राजनीति भनेको सत्तादेखि सत्तासम्म । सत्तामा पुग्ने र सत्तामा अडिने । त्यत्ति हो यसको राजनीति । यस्तो अवस्थामा हामी छौं । विविध पक्षहरु, जनताको पीरमर्काका पक्षहरु, जाजरकोटमा उसबेला भईचालो गयो । सिँगै हिउँद प्लाष्टिक मुनि मानिसहरु बसिरहेका छन् । हाम्रो भोलेन्टियर्सले १२÷१५ सय घर बनाएर त्यत्तिनै हो । अरु केही भएको छैन । कस्तो सरकार होला । केही महिनामा नै यी कामहरु गर्न सकिन्छ । अनि, २÷४ वर्ष विधि, प्रक्रिया निर्माण नै लाग्ने हो भने अनि मान्छे त मरिसक्छन् त त्यहाँ । ’

अध्यक्ष ओलीले सरकारले जनताको पीरमर्कामा साथ दिने काम नगरेको दोहो¥याउनु भयो । —न्युज एजेन्सी नेपाल