२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान News Polar सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं News Polar धनकुटामा २० व्यक्तिबाट रक्तदान News Polar भन्सार छलेर ल्याइएका सामान बरामद

पूनम पाण्डे जिउँदै, मृत्युको खबर पब्लिसिटी स्टन्ट थियो

पूनम पाण्डे जिउँदै, मृत्युको खबर पब्लिसिटी स्टन्ट थियो
अ अ+ अ-

एजेन्सी । भारतीय मोडल पूनम पाण्डे जिउँदै छिन् । अभिनेत्रीले शनिबार दिउँसो सामाजिक सञ्जालमा एउटा भिडियो शेयर गरेकी हुन् । क्यान्सर सम्बन्धी जनचेतना फैलाउन यो पब्लिसिटी स्टन्ट गरेको पूनमले बताइन् ।

शुक्रबार उनको निधन भएको भन्दै थुप्रै मिडियाहरुमा समाचार समेत प्रकाशित भएको थियो । भारतीय मात्र नभई नेपालका थुप्रै मिडियाले उनको निधन भएको भन्दै समाचार बनाएका थिए ।

यसअघि शुक्रबार बिहान ३२ वर्षीया मोडल तथा अभिनेत्री पूनम पाण्डेको मृत्युको खबरले सनसनी फैलाएको थियो । पूनमको मृत्युको कारण पाठेघरको मुखको क्यान्सर भएको बताइएको थियो । उनको टोलीले नै मृत्युको जानकारी दिए पनि ठोस जानकारी दिन सकेनन् ।

यस्तो अवस्थामा भारतीय सञ्चारमाध्यम दैनिक भास्करले यसको अनुसन्धान गरेको र पूनमसँग सम्बन्धित धेरैसँग कुरा गरेको जनाउँदै अनुसन्धानले पूनमका साथी, परिवार, नोकर, चालक र अंगरक्षकमध्ये कसैलाई पनि उनको बिरामी वा मृत्युको खबर नभएको पाइएको दैनिक भास्करले जनाएको छ ।

तर, पूनमको मृत्युको खबरलाई सत्य मान्न तयार नभएका धेरै सेलेब्स थिए । यसमा राहुल वैद्य, केआरके र सम्भावना सेठ जस्ता व्यक्तिहरूको नाम समावेश छ । जहाँ एकतर्फ राहुलले ट्विट गरेका थिए, ‘के म मात्र हुँ जसले पूनम मरेकी छैनन् भन्ने सोच्दछु’ भने अर्कोतर्फ केआरकेले यो पूर्णतया पूनमको पब्लिसिटी स्टन्ट भएको बताए ।

‘प्रेस विज्ञप्ति पछि, हामीले पुनमको पीआर टोलीलाई फेरि सम्पर्क गर्ने प्रयास गर्यौं । जवाफमा उनले मेसेज पठाए जसमा लेखिएको थियो, ‘हामीले पूनमको मृत्युको खबर बिहानै उनको परिवारबाट पायौं । हामीले उनको परिवारसँग सम्पर्क गर्ने प्रयास गरिरहेका छौँ तर उनीहरुबाट कुनै प्रतिक्रिया आएको छैन । अहिले सम्म उनको शव कानपुरमा रहेको सबैलाई थाहा छ ।’ दैनिक भास्करले भनेको छ । ‘यस विषयमा जानकारी लिन हामीले कानपुरमा उपस्थित हाम्रा रिपोर्टरलाई सम्पर्क गर्यौं । कानपुरमा अहिलेसम्म पूनम पाण्डे नामकी महिलाको शव फेला नपरेको उनले बताए । उनी त्यहाँको रिजेन्सी क्यान्सर अस्पताल पनि पुगेका थिए तर त्यहाँबाट कुनै जानकारी आएको थिएन ।’

सामाजिक सञ्जाल इन्स्टाग्राममा पूनमको आधिकारिक अकाउन्टबाट आफू जिउँदै रहेको भन्दै दुई वटा भिडियो समेत पोस्ट गरिएको छ ।