२ पुष २०८२, बुधबार
,
Latest
ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु संसद विघटनविरुद्ध कांग्रेसको रिटमा कारण देखाऊ आदेश रूस र इरानद्वारा अन्तर्राष्ट्रिय यातायात मार्ग कार्यान्वयनलाई गति दिने प्रतिवद्धता ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध पाँच महिनामा एक अर्ब १४ करोड राजस्व सङ्कलन ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु जापान सरकारद्वारा धनुषामा दुई विद्यालय भवन निर्माण नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले उपाध्यक्ष तामाङलाई निलम्बन गर्‍यो भोजपुर–खोटाङ जोड्ने पर्यटकीयस्थल तावा भञ्ज्याङको प्रवर्द्धनको खाँचो
तपाईं के खोज्दै हुनुहुन्छ ?

इंग्लिस प्रिमियर लिग: ब्राइटनलाई हराएर लेस्टर दोस्रोमा



अ+ अ-

लन्डन । इंग्लिस प्रिमियर लिगमा शनिबार भएको खेलमा ड्यानिएल अमार्टीले खेलको अन्त्यतिर गरेको गोलमा लेस्टरले  ब्राइटनलाई २–१ ले हराएर अंक तालिकको दोस्रो स्थानमा उक्लेको छ ।

एक गोलले पछाडि रहेर खेलमा फर्कन सफल भएपछि लेस्टरको युरोपेली च्याम्पियन्स लिगमा छनोट हुने लक्ष्य पनि बलियो भएको छ । ब्राइटनले एडम ललानाको गोलले अग्रत लिएपछि केलेचीले बराबरी गोल फर्काएका थिए ।

यो जितपछि लेस्टरको २८ खेलबाट ५३ अंक भएको छ । जुन तेस्रो स्थानमा झरेको म्यानचेस्टर युनाइटेडमाथि दुई अंकको अग्रता हो । म्यानचेस्टरले एक खेल कम खेलेको छ ।

शनिबारकै अन्य खेलमा साउथह्याम्पटनले सेफिल्डलाई २–० ले हरायो भने एस्टन भिल्ला र उल्भ्सले गोलरहित बराबरी खेले । यसअघि बर्नली र आर्सनलले पनि १–१ को बराबरी खेलेका थिए ।