३ भाद्र २०८३, बुधबार
,
Latest
चीन र अष्ट्रेलियाबीच मुद्रा तथा वित्तीय सहकार्य विस्तार इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु बगेर बेपत्ता भएका दुई किशोरको शव फेला सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण भलिबल लिगलाई एक्स्ट्रिमको साथ ‘मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनमा नेपाल र चीनबीचको सहकार्यले निरन्तरता पाउने विश्वास’
तपाईं के खोज्दै हुनुहुन्छ ?

इंग्लिस प्रिमियर लिग: ब्राइटनलाई हराएर लेस्टर दोस्रोमा



अ+ अ-

लन्डन । इंग्लिस प्रिमियर लिगमा शनिबार भएको खेलमा ड्यानिएल अमार्टीले खेलको अन्त्यतिर गरेको गोलमा लेस्टरले  ब्राइटनलाई २–१ ले हराएर अंक तालिकको दोस्रो स्थानमा उक्लेको छ ।

एक गोलले पछाडि रहेर खेलमा फर्कन सफल भएपछि लेस्टरको युरोपेली च्याम्पियन्स लिगमा छनोट हुने लक्ष्य पनि बलियो भएको छ । ब्राइटनले एडम ललानाको गोलले अग्रत लिएपछि केलेचीले बराबरी गोल फर्काएका थिए ।

यो जितपछि लेस्टरको २८ खेलबाट ५३ अंक भएको छ । जुन तेस्रो स्थानमा झरेको म्यानचेस्टर युनाइटेडमाथि दुई अंकको अग्रता हो । म्यानचेस्टरले एक खेल कम खेलेको छ ।

शनिबारकै अन्य खेलमा साउथह्याम्पटनले सेफिल्डलाई २–० ले हरायो भने एस्टन भिल्ला र उल्भ्सले गोलरहित बराबरी खेले । यसअघि बर्नली र आर्सनलले पनि १–१ को बराबरी खेलेका थिए ।