२ पुष २०८२, बुधबार
,
Latest
ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु संसद विघटनविरुद्ध कांग्रेसको रिटमा कारण देखाऊ आदेश रूस र इरानद्वारा अन्तर्राष्ट्रिय यातायात मार्ग कार्यान्वयनलाई गति दिने प्रतिवद्धता ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध पाँच महिनामा एक अर्ब १४ करोड राजस्व सङ्कलन ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु जापान सरकारद्वारा धनुषामा दुई विद्यालय भवन निर्माण नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले उपाध्यक्ष तामाङलाई निलम्बन गर्‍यो भोजपुर–खोटाङ जोड्ने पर्यटकीयस्थल तावा भञ्ज्याङको प्रवर्द्धनको खाँचो
तपाईं के खोज्दै हुनुहुन्छ ?

बार्सिलोना शीर्ष स्थानबाट दुई अंकको दूरीमा



अ+ अ-

म्याड्रिड । स्पेनी ला लिगामा शनिबार भएको खेलमा बार्सिलोनाले ओसासुनालाई २–० ले हराएको छ । १८ वर्षीय इलिक्स मोरिबाले क्लबका लागि पहिलो गोल गरेपछि बार्सिलोनाले ओसासुनालाई हरायो ।  यससँगै टोलीले शीर्ष स्थानमा रहेको एटलेटिको म्याड्रिडसँगको दूरी दुई अंकमा छोट्याएको छ ।

जोर्डी अल्बाले लियोनल मेसीको पासमा पहिलो गोल गरे । मोरिबाले पनि मेसीकै सहयोगमा दोस्रो गोल थपे ।

बार्सिलोनाको अब २६ खेलबाट ५६ अंक भएको छ । शनिबारका अन्य खेलमा रियल भालाडोलिडले गेटाफेलाई २–१, एल्चेले सेभियालाई २–१ र काडिजले आइबरलाई १–० ले हराए ।