१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवा बाढी प्रभावितको उपचारका लागि काठमाडौँका ६ अस्पताल तयारी अवस्थामा डब्ल्युएचओद्वारा रसुवा बाढीपीडितका लागि स्वास्थ्य सामग्री पठाइँदै रसुवा बाढी प्रभावितको उद्धार र राहतमा तीव्रता दिने सरकारको निर्णय बाढी प्रभावित क्षेत्रका बासिन्दाका लागि नेपाल टेलिकमद्वारा निःशुल्क सेवा रसुवा बाढीपछि भन्सारका १४ कर्मचारी सम्पर्कविहीन, खोजी तथा उद्धार जारी भोटेकोशी बाढी : रसुवामा १२ जनाको उद्धार भोटेकोशी बाढी: त्रिशुली बजार र देवीघाट क्षेत्र प्रभावित- फोटो फिचर स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र सक्रिय, अस्पतालमा बेड तथा एम्बुलेन्स तयारी अवस्थामा विपद्को घडीमा सरकारलाई सघाउने विपक्षी दलको प्रतिबद्धता राष्ट्रपति पौडेलद्वारा भोटेकोशी बाढीप्रति दुःख व्यक्त, उद्धार र राहत तीव्र पार्न आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

शाहिदले आफ्नो पहिलो फिल्मको लागि ४ वर्ष कुर्नुपर्योः हप्तामा चार–पाँच अडिसन दिन्थे



अ+ अ-

एजेन्सी । बलिउड अभिनेता शाहिद कपुर र अभिनेत्री कृति सेनन ‘तेरी बातों मे ऐसा उल्झा जिया’ मा सँगै देखिने भएका छन् । दुवैले सँगै काम गरेको यो पहिलो पटक हो ।

शाहिद कपुर र कृति सेननले भने कि उनीहरूले प्रारम्भिक चरणमा धेरै अस्वीकारको सामना गर्नुपरेको थियो । शाहिदले १८ वर्षको उमेरमा अडिसन दिन थालेका थिए । हप्तामा चार–पाँच अडिसन दिन्थे ।

शाहिद कपुरले २२ वर्षको उमेरमा ‘इश्क भिस्क’ मार्फत पहिलो ब्रेक पाएका थिए । २२ वर्ष सुन्दा थोरै लाग्छ तर शाहिदका लागि यो यात्रा सहज थिएन । उनले १८ वर्षको उमेरदेखि अडिसन दिन थालेका थिए । उनले आफ्नो पहिलो फिल्मको लागि ४ वर्ष लामो प्रतीक्षा गरे ।

साहिदले भने– म १८ वर्षको उमेरदेखि हरेक हप्ता चार–पाँच अडिसन गर्थें । मैले धेरै अस्वीकारहरूको सामना गरेँ । कहिले काहिँ आफैंमा शंका लाग्न थाल्यो । यस्तो अवस्थामा मेरी आमा ठूलो सहयोगी प्रणाली हुनुहुन्थ्यो । उहाँलाई मेरो क्षमतामा पूर्ण विश्वास थियो। उहाँले मलाई सधैँ राम्रो गर्छु, मेहनत गरिरहन्छु भन्नुहुन्थ्यो ।’