२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

शाहिदले आफ्नो पहिलो फिल्मको लागि ४ वर्ष कुर्नुपर्योः हप्तामा चार–पाँच अडिसन दिन्थे



अ+ अ-

एजेन्सी । बलिउड अभिनेता शाहिद कपुर र अभिनेत्री कृति सेनन ‘तेरी बातों मे ऐसा उल्झा जिया’ मा सँगै देखिने भएका छन् । दुवैले सँगै काम गरेको यो पहिलो पटक हो ।

शाहिद कपुर र कृति सेननले भने कि उनीहरूले प्रारम्भिक चरणमा धेरै अस्वीकारको सामना गर्नुपरेको थियो । शाहिदले १८ वर्षको उमेरमा अडिसन दिन थालेका थिए । हप्तामा चार–पाँच अडिसन दिन्थे ।

शाहिद कपुरले २२ वर्षको उमेरमा ‘इश्क भिस्क’ मार्फत पहिलो ब्रेक पाएका थिए । २२ वर्ष सुन्दा थोरै लाग्छ तर शाहिदका लागि यो यात्रा सहज थिएन । उनले १८ वर्षको उमेरदेखि अडिसन दिन थालेका थिए । उनले आफ्नो पहिलो फिल्मको लागि ४ वर्ष लामो प्रतीक्षा गरे ।

साहिदले भने– म १८ वर्षको उमेरदेखि हरेक हप्ता चार–पाँच अडिसन गर्थें । मैले धेरै अस्वीकारहरूको सामना गरेँ । कहिले काहिँ आफैंमा शंका लाग्न थाल्यो । यस्तो अवस्थामा मेरी आमा ठूलो सहयोगी प्रणाली हुनुहुन्थ्यो । उहाँलाई मेरो क्षमतामा पूर्ण विश्वास थियो। उहाँले मलाई सधैँ राम्रो गर्छु, मेहनत गरिरहन्छु भन्नुहुन्थ्यो ।’