• ३० बैशाख २०८१, आईतवार
  •      Sun May 12 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्रीमाथि संसदीय छानबिन समिति बनाएर छानबिन गर्न प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ: काँग्रेस ★   कीर्तिमानी कामीरिता, २९औं पटक सगरमाथा शिखरमा ★   सदन खुलाउने छलफल गर्न प्रधानमन्त्रीले कांग्रेसलाई बोलाए ★   बत्तीसपुतलीमा एक युवकको हत्या, चार पक्राउ ★   गायक रवि ओडले गरे प्रहरीसमक्ष आत्मसमर्पण ★   प्रजनन केन्द्रमा हुर्काइएका घडियाल राप्तीमा छाडियो ★   चेल्सीले नटिङहम फरेस्टलाई हरायो, टोटेनहम र वेस्ट हामको जित ★   आज चट्याङसहित केही ठाउँमा भारी वर्षा हुने ★   नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बस्दै ★   आईपीएल प्लेअफमा पुग्ने पहिलो टोली बन्यो कोलकाता, मुम्बईलाई १८ रनले हरायो

चेतावनी बत्ती ठिक गर्न टेस्लाले २२ लाख सवारी फिर्ता गर्दै



एजेन्सी । उपकरण प्यानलमा केही चेतावनी बत्ती धेरै सानो भएकाले टेस्लाले अमेरिकामा बिक्री गरिएका लगभग सबै २२ लाख सवारी फिर्ता गरिरहेको छ ।

अमेरिकी सुरक्षा नियामकहरूले शुक्रबार पोस्ट गरेको कागजातमा अनलाइन सफ्टवेयर अपडेटका साथ सवारी फिर्ता लिने बताइएको छ । यसमा सन् २०१२ देखि सन् २०२३ को मोडल एस, सन् २०१६ देखि सन् २०२३ को मोडल एक्स, सन् २०१७ देखि सन् २०२३ को मोडल ३, सन् २०१९ देखि सन् २०४ को मोडल वाई र सन् २०२४ को साइबरट्रक समावेश छन् ।

ब्रेक, पार्क र एन्टिलक ब्रेक चेतावनी बत्तीहरूको फन्ट आकार सङ्घीय सुरक्षा मापदण्डहरूको अपेक्षामा साना भएको जनाएइको छ । यसबाट महत्त्वपूर्ण सुरक्षा जानकारी पढ्न कठिन हुनसक्ने र दुर्घटनाको खतरा बढ्नसक्ने बताइएको छ ।

टेस्लाले पहिला नै सफ्टवेयर अपडेट जारी गर्न सुरु गरिसकेको छ र सवारी धनीहरूलाई मार्च ३० देखि पत्रद्वारा सूचित गरिने जनाएको छ । एनएचटिएसका अनुसार जनवरी ८ मा नियमित सुरक्षा पालना अडिटमा समस्या थाहा भएको हो ।

टेस्लाले सम्भावितरूपमा समस्यासँग सम्बन्धित तीन वटा वारेन्टी दावी पहिचान गरेको छ तर दुर्घटना वा चोटपटकको कुनै रिपोर्ट छैन ।