५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागमती प्रदेश सरकारले बनायो ७८ कानुन



अ+ अ-

मनहरी । बागमती प्रदेश सरकारले प्रदेशसभामार्फत हालसम्म ७८ वटा कानुन निर्माण गरेको छ । प्रदेश सरकार सञ्चालन तथा सेवा प्रवाहका लागि आवश्यकपर्ने ९९ कानुनमध्ये ७८ वटा कानुन बनेका हुन् ।

प्रदेशसभा सचिवालयमा दर्ता भएका ८७ विधेयकमध्ये ७८ वटा पारित भएको प्रदेशसभा सचिवालय हेटौँडाले जनाएको छ । पारित भएका ७८ विधेयकमध्ये ७७ वटा प्रदेश प्रमुखबाट प्रमाणीकरण भई राजपत्रमा प्रकाशित भएका छन् भने एउटा विधेयक प्रदेशसभा सचिवालयमा फिर्ता भएको सचिवालयले जनाएको छ ।

प्रदेशसभामा मूल ऐन ४७ वटा रहेका छन् भने ३१ वटा भने विभिन्न संशोधित ऐन र सालबसाली ऐनहरू रहेका सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताले जानकारी दिनुभयो । उहाँकाअनुसार सो अवधिमा २० ऐन संशोधनसहित पारित भएका छन् भने १३ वटा सालबसाली विधेयक पारित भएका छन् ।

प्रदेशसभामा हालसम्म १३ अध्यादेश जारी भएका छन् । त्यस्तै १० वटा मात्र प्रतिस्थापन विधेयक दर्ता भएका प्रवक्ता गुप्ताले बताउनुभयो । उहाँकाअनुसार सो अवधिमा चार वटा अध्यादेशका प्रतिस्थापन विधेयक फिर्ता भएका छन् भने तीन अध्यादेशका प्रतिस्थापन विधेयक ल्याउन नसक्दा निष्क्रिय भएका छन् ।

सो अवधिमा दुई वटा कार्यविधि, एक नियमावली र एक नियमावली संशोधन पारित भएका प्रवक्ता गुप्ताले जानकारी दिनुभयो । रासस