२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान News Polar सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं News Polar धनकुटामा २० व्यक्तिबाट रक्तदान News Polar भन्सार छलेर ल्याइएका सामान बरामद

अलमारीमा भेटियो २८५ वर्ष पुरानो कागती, लाखौंमा लिलामी

अलमारीमा भेटियो २८५ वर्ष पुरानो कागती, लाखौंमा लिलामी
अ अ+ अ-

एजेन्सी । तपाईले प्रायः यस्ता चीजहरू लिलामी भएको देख्नु भएको छ, जुन सामान्य वा बेकारको देखिन्छ, तर तिनीहरूको विशेषताका कारण तिनीहरूमाथि लाखौं र करोडौं रुपैयाँमा बोली लगाइन्छ ।

कयौं पटक यस्ता घटना बाहिर आएका छन्, जसमा बेकार देखिने वस्तुको मूल्यले मानिसलाई अचम्ममा पारेको छ । हालै इंग्ल्यान्डमा भएको यस्तै लिलामी अहिले चर्चाको विषय बनेको छ ।

तपाईलाई यो थाहा पाउँदा छक्क पर्नुहुनेछ कि यहाँ २८५ वर्ष पुरानो सुकेको कागती १ लाख भन्दा बढीमा लिलामी भएको छ ।

घर सफा गर्ने क्रममा कपाटमा भेटियो करिब दुई इन्चको यो कालो कागती, जसको मुल्य थाहा पाउँदा छक्क पर्नुहुनेछ । यस्तो अवस्थामा मानिसको मनमा यो प्रश्न उठिरहेको छ कि यो कागतीमा के छ, जसका कारण यसको मूल्य लाखौंमा तोकिएको छ ।

यो बहुचर्चित लिलामी इङ्गल्याण्डको श्रोपशायरमा रहेको ब्रेटेल्स लिलामी घरले आयोजना गरेको हो । लिलामीकर्ताले दिएको जानकारीका अनुसार यो अनौठो कागती एक व्यक्तिले आफ्नो काकाको १९औँ शताब्दीको सानो कपाटमा फेला पारेका थिए ।

तर रोचक कुरा के छ भने उक्त व्यक्ति वार्डरोबको लिलामीका लागि आएका थिए । उनले सोचे कि यो बहुमूल्य हुन सक्छ । जब लिलामीकर्ताले यो कपाटको तस्बिर खिचिरहेका थिए, उनले कपाटको दराजमा २८५ वर्ष पुरानो सुकेको कागती भेटे, जुन कालो भएको थियो । अलमारीसँगै उनले कागती पनि लिलामीमा राखे ।

यो कागतीमा विशेष सन्देश पनि लेखिएको छ । यस कागतीको बोक्रामा लेखिएको छ, ‘मिस्टर पी. लु फ्रान्चिनीद्वारा मिस ई. ब्याक्सटरलाई, नोभेम्बर ४, १७३९ मा दिइयो ।’ यो रोमान्टिक उपहारको रूपमा भारतबाट इङ्गल्याण्ड लगिएको विश्वास गरिन्छ ।

लिलामीकर्ता डेभिड ब्रेटेलले यो कागती ४,२०० देखि ६,३०० रुपैयाँमा बिक्री हुने अनुमान गरे पनि १,४०० पाउण्ड (२.३५ लाख) मा लिलामी भएको, कपाट ३२ पाउण्डमा मात्र बिक्री भएको बताए ।

यसअघि पनि धेरै कुराहरु लिलामी भइसकेका छन्, जसको बारेमा थाहा पाउँदा अचम्म लाग्छ । गत वर्ष जुनमा, एक व्यक्तिले लन्डनमा प्रिन्स विलियम र क्याथरिन मिडलटनको विवाहको केकको टुक्रा १७०० पाउन्ड (लगभग २.८४ लाख रुपैयाँ)मा किनेका थिए ।