• १७ फाल्गुन २०८०, बिहीबार
  •      Thu Feb 29 2024
  •   Unicode
Logo
Latest
★   नेपाललाई पेनाल्टीमा हराउँदै जोर्डनले जित्यो वाफ च्याम्पियनसिपको उपाधि ★   पहिलो हाफमा जोर्डनविरुद्ध नेपाललाई १-० को अग्रता ★   घरेलु मैदानमा उत्कृष्ट प्रदर्शन गर्नेछौं– साफ यु–१६ नेपाली महिला टोली ★   उद्योगी व्यवसायीहरुलाई राज्यको नीतिले संरक्षण गर्न आवश्यक छः सभापति लामिछाने ★   गगन थापाको आरोपः सम्पती शुद्धीकरण र राजश्व अनुसन्धान विभाग प्रधानमन्त्रीको इच्छाअनुसार चल्छन् ★   गठबन्धनलाई निरन्तरता दिन हामी प्रतिबद्ध छौँः प्रधानमन्त्री दाहाल ★   त्रिभुवन आर्मी पाँचथर गोल्डकपको फाइनलमा ★   गठबन्धनमा समस्या छैन: अध्यक्ष नेपाल ★   मानव बेचबिखनमा संलग्न मियाँ पक्राउ ★   व्यवसाय सुरु गर्नुअधि वास्तुका यी टिप्स पालना गर्नुस्

एउटा साक्षी माघ १९ को



आज नेपाली राजनीतिमा चर्चित “माघ १९” को दिन हो । तात्कालीन परिस्थितिमा “माघ १९” को कदम देशभरका पिडित हजारौं जनताले राजासँग गुहार मागेपछि असल नियतसाथ चालिएको कदम थियो ।

राजाको त्यो शाही घोषणाको पूर्णपाठको मस्यौदाकार म आफैं थिए भने शाही घोषणालाई नेपाल टेलिभिजन र रेडियो नेपालबाट संप्रेषण गराउने जिम्मेवारी पनि मलाई नै दिइएको थियो । दरबारभित्र कतिपयले मध्यराती शाही घोषणा संप्रेषण गर्नु पर्ने बताए पनि मेरै सुझाव बमोजिम ठिक बिहान १० बजे टेलिभिजन र रेडियोबाट “साइमिटानियस्ली” घोषणा गरिएको हो ।

मैले त्यत्रो दिनसम्म मेरा पिताजीलाई समेत त्यस बारे केही पनि भनेको थिइनँ । माघ १९ गते मेरो जिम्मेवारीको काम पूरा गर्न घरबाट बिहान ८ः३० बजे निस्कनु अघि मैले पिता (स्व. यज्ञप्रसाद आचार्य) लाई “१० बजे नेपाल टेलिभजनमा राजाको शाही घोषणा सुन्नु हुन” भनें !

यथार्थ कुरा राजाको वैधानिक नेतृत्वका हिमायती वयोवृद्ध पिताजीलाई संकेत नगरी गुमराहमा राखेर जानु मलाई उचित लागेन । यसै पनि मेरा पिताजी विद्वान, निष्ठावान र अध्ययनशिल व्यक्तित्व, उहॉलाई गुमराह कसरी गर्नू ? म धर्मसंकटमा परेँ !

उहॉलाई “राजा नै मंत्रीपरिषदको अध्यक्ष हुने” घोषणा हुदैंछ भन्ने कुरा पनि सुनाएँ । मेरा कुरा सुन्ने वित्तिकै पिताजी म सँग एकदमै जंगिनु भयो, र भन्नु भयो, “तैंले यो कुरा मलाई हिजो नै भनेको भए, म जसरी भए पनि राजालाई यस्तो गलत कदम चाल्नबाट रोक्ने थिएँ, अब समय नै बॉकि छैन । राजा कसको फेरमा परे, ठूलो गल्ती गरे । यस्तो हो भने अब राजसंस्था रहदैन ।धत्, दुर्भाग्य हुने भयो !”

पिताजीले केही गर्न सकिन्छ कि फोन घुमाउन थाल्नु भयो । घोषणा हुनु अघि नै बजारमा हल्ला फैलियो भने के गर्ने? भनेर मैले नै उहॉलाई टेलिफोन गर्नबाट रोकें ! अनि, आमालाई बोलाएर वस्तुस्थिति बुझाई पिताजीलाई राजाको घोषणा टेलिभिजनमा नआउन्जेल घरमा बाहिरिया कसैलाई नभेट्न र टेलिफोन गर्न र टेलिफोन रिसिभ समेत गर्न नदिनु होला भनेर गाडी चढेर हिडें ।

यथार्थमा मैले झण्डै एक महिना लगाएर उक्त शाही घोषणाको प्रारम्भिक मस्यौदा तयार पारेको थिए । मस्यौदा लेखनमा मलाई प्राप्त निर्देशन अनुसार राजाले मंत्रीपरिषद्को अध्यक्षता नगरी त्यसबेलाको बिघटित संसदमा प्रतिनिधित्व गर्ने दलका अन्य नेताहरू मध्येबाटै सर्वसम्मत व्यक्तित्वलाई मंत्रीपरिषद्को अध्यक्ष बनाउने राजाको योजना थियो ।

संभावित नामहरूमा मैले केपी ओली र नारायणमान विजुक्छेको नाम गाइगुई सुनेको थिए । मस्यौदामा मंत्रिपरिषदको अध्यक्षको नाम मैले खाली राखेर माघ १६ गते कै दिन सचिब बैठकमा दिएपछि मस्यौदामा राजाको नाम, पछि कसले कसरी थप्यो मलाई जानकारी भएन ।

अर्कोतर्फ, दलका नेताहरू यो जिम्मेवारी लिन अघि सरेनन् भन्ने कुरा पनि सुनें। किन जिम्मेबारी बोक्न चाहेनन्, मलाई थाहा हुन सकेन ।

अन्तिम समयमा एक्कासी देशीविदेशी क-कसले कहॅाबाट के भूमिका खेले वा दवाव दिए, अनि राजालाई नै मंत्रीपरिषद्को अध्यक्ष घोषणा गर्ने गरी मस्यौदामा नाम थपिएछ ! राजालाई अध्यक्ष बनाउने टुंगो गरी ओली र नारायणमानजीलाई उपाध्यक्ष बस्न भनियो रे भन्ने पनि सुनें ।

अन्ततः राजा मंत्रीपरिषदको अध्यक्ष बन्ने अड्को तेर्साएर प्रधानमंत्री भइसकेका वयोवृद्ध उमेरका सक्रिय राजनीतिबाट २० औं वर्ष अघि नै अवकास लिएका डा. तुलसी गिरी र किर्तिनिधी विष्टको अनिच्छालाई वास्ता नगरी दुवैलाई उपाध्यक्षमा बस्नै पर्ने परिस्थिति निर्माण हुनगएछ ।

राजपरिषदले समेत राजाले मंत्रीपरिषदको नेतृत्व गर्ने सुझाव दिएको थिएन । अब कसले राजालाई चक्रव्यूहमा पारे, खोजको विषय हो !

२०८० माघ १९ गते