४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

एउटा साक्षी माघ १९ को

एउटा साक्षी माघ १९ को
अ+ अ-

आज नेपाली राजनीतिमा चर्चित “माघ १९” को दिन हो । तात्कालीन परिस्थितिमा “माघ १९” को कदम देशभरका पिडित हजारौं जनताले राजासँग गुहार मागेपछि असल नियतसाथ चालिएको कदम थियो ।

राजाको त्यो शाही घोषणाको पूर्णपाठको मस्यौदाकार म आफैं थिए भने शाही घोषणालाई नेपाल टेलिभिजन र रेडियो नेपालबाट संप्रेषण गराउने जिम्मेवारी पनि मलाई नै दिइएको थियो । दरबारभित्र कतिपयले मध्यराती शाही घोषणा संप्रेषण गर्नु पर्ने बताए पनि मेरै सुझाव बमोजिम ठिक बिहान १० बजे टेलिभिजन र रेडियोबाट “साइमिटानियस्ली” घोषणा गरिएको हो ।

मैले त्यत्रो दिनसम्म मेरा पिताजीलाई समेत त्यस बारे केही पनि भनेको थिइनँ । माघ १९ गते मेरो जिम्मेवारीको काम पूरा गर्न घरबाट बिहान ८ः३० बजे निस्कनु अघि मैले पिता (स्व. यज्ञप्रसाद आचार्य) लाई “१० बजे नेपाल टेलिभजनमा राजाको शाही घोषणा सुन्नु हुन” भनें !

यथार्थ कुरा राजाको वैधानिक नेतृत्वका हिमायती वयोवृद्ध पिताजीलाई संकेत नगरी गुमराहमा राखेर जानु मलाई उचित लागेन । यसै पनि मेरा पिताजी विद्वान, निष्ठावान र अध्ययनशिल व्यक्तित्व, उहॉलाई गुमराह कसरी गर्नू ? म धर्मसंकटमा परेँ !

उहॉलाई “राजा नै मंत्रीपरिषदको अध्यक्ष हुने” घोषणा हुदैंछ भन्ने कुरा पनि सुनाएँ । मेरा कुरा सुन्ने वित्तिकै पिताजी म सँग एकदमै जंगिनु भयो, र भन्नु भयो, “तैंले यो कुरा मलाई हिजो नै भनेको भए, म जसरी भए पनि राजालाई यस्तो गलत कदम चाल्नबाट रोक्ने थिएँ, अब समय नै बॉकि छैन । राजा कसको फेरमा परे, ठूलो गल्ती गरे । यस्तो हो भने अब राजसंस्था रहदैन ।धत्, दुर्भाग्य हुने भयो !”

पिताजीले केही गर्न सकिन्छ कि फोन घुमाउन थाल्नु भयो । घोषणा हुनु अघि नै बजारमा हल्ला फैलियो भने के गर्ने? भनेर मैले नै उहॉलाई टेलिफोन गर्नबाट रोकें ! अनि, आमालाई बोलाएर वस्तुस्थिति बुझाई पिताजीलाई राजाको घोषणा टेलिभिजनमा नआउन्जेल घरमा बाहिरिया कसैलाई नभेट्न र टेलिफोन गर्न र टेलिफोन रिसिभ समेत गर्न नदिनु होला भनेर गाडी चढेर हिडें ।

यथार्थमा मैले झण्डै एक महिना लगाएर उक्त शाही घोषणाको प्रारम्भिक मस्यौदा तयार पारेको थिए । मस्यौदा लेखनमा मलाई प्राप्त निर्देशन अनुसार राजाले मंत्रीपरिषद्को अध्यक्षता नगरी त्यसबेलाको बिघटित संसदमा प्रतिनिधित्व गर्ने दलका अन्य नेताहरू मध्येबाटै सर्वसम्मत व्यक्तित्वलाई मंत्रीपरिषद्को अध्यक्ष बनाउने राजाको योजना थियो ।

संभावित नामहरूमा मैले केपी ओली र नारायणमान विजुक्छेको नाम गाइगुई सुनेको थिए । मस्यौदामा मंत्रिपरिषदको अध्यक्षको नाम मैले खाली राखेर माघ १६ गते कै दिन सचिब बैठकमा दिएपछि मस्यौदामा राजाको नाम, पछि कसले कसरी थप्यो मलाई जानकारी भएन ।

अर्कोतर्फ, दलका नेताहरू यो जिम्मेवारी लिन अघि सरेनन् भन्ने कुरा पनि सुनें। किन जिम्मेबारी बोक्न चाहेनन्, मलाई थाहा हुन सकेन ।

अन्तिम समयमा एक्कासी देशीविदेशी क-कसले कहॅाबाट के भूमिका खेले वा दवाव दिए, अनि राजालाई नै मंत्रीपरिषद्को अध्यक्ष घोषणा गर्ने गरी मस्यौदामा नाम थपिएछ ! राजालाई अध्यक्ष बनाउने टुंगो गरी ओली र नारायणमानजीलाई उपाध्यक्ष बस्न भनियो रे भन्ने पनि सुनें ।

अन्ततः राजा मंत्रीपरिषदको अध्यक्ष बन्ने अड्को तेर्साएर प्रधानमंत्री भइसकेका वयोवृद्ध उमेरका सक्रिय राजनीतिबाट २० औं वर्ष अघि नै अवकास लिएका डा. तुलसी गिरी र किर्तिनिधी विष्टको अनिच्छालाई वास्ता नगरी दुवैलाई उपाध्यक्षमा बस्नै पर्ने परिस्थिति निर्माण हुनगएछ ।

राजपरिषदले समेत राजाले मंत्रीपरिषदको नेतृत्व गर्ने सुझाव दिएको थिएन । अब कसले राजालाई चक्रव्यूहमा पारे, खोजको विषय हो !

२०८० माघ १९ गते