• ३१ जेष्ठ २०८१, बिहीबार
  •      Thu Jun 13 2024
  •   Unicode
Logo
Latest
★   ‘काठमाडौँ स्कुल अफ ल’ र भाषा आयोगबीच भाषा संरक्षणका पक्षमा सम्झौता ★   हवाई उडानका लागि उड्डयन मौसम सेवा महत्वपूर्ण छ: मन्त्री बस्नेत ★   कोशी सरकार विरुद्धको रिट हेर्दाहेर्दैमा ★   कुमारीको मनोभावमा आधारित नाटक ‘अग्निच्क्षु’ मञ्चित ★   रूग्ण उद्योग पुनःसञ्चालनका लागि व्यवस्थित अध्ययन गरौँः प्रधानमन्त्री ★   विपद्लाई निमिट्यान्न गर्न सकिँदैन, न्युनिकरणका लागि सबै एक हुनुको विकल्प छैनः अध्यक्ष नेपाल ★   राष्ट्रपति पौडेलसँग महानिर्देशक हुंग्बोको शिष्टाचार भेट ★   जनप्रतिनिधि र पार्टीबीचको सम्बन्ध सुमधुर हुन आवश्यकः उपसभापति खड्का ★   अस्ट्रेलियाको भरमा इंग्ल्याण्ड टोली, अष्ट्रेलियाले उतार्ला कि पछार्ला ? ★   रूग्ण उद्योग पुन:सञ्चालनका लागि व्यवस्थित अध्ययन गरौँ: प्रधानमन्त्री

कैँदी परेवा आठ महिनापछि रिहा



नयाँदिल्ली । चिनियाँ जासुस भएको आरोपमा ‘पक्राउ गरी’ भारतीय प्रहरी हिरासतमा आठ महिना राखिएको एउटा परेवालाई सफाइपछि रिहा गरिएको छ ।

टाइम्स अफ इन्डियाका अनुसार आर्थिक राजधानी मुम्बईको एक बन्दरगाहमा पखेटामा ‘चिनियाँ जस्तो लिपिमा लेखिएको सन्देश’ सहित उक्त चरा समातिएको थियो ।

“सुरुमा प्रहरीले चराविरुद्ध जासुसी गरेको आरोपमा मुद्दा दर्ता गरेको थियो, तर अनुसन्धान पूरा भएपछि उनीहरूले आरोप फिर्ता लिएका थिए,” रिपोर्टमा भनिएको छ ।

अज्ञात चरालाई शहरको एक अस्पतालमा थुनेर राखिएको थियो भने प्रहरीले अनुसन्धान गरिरहेको थियो ।

पिपुल फर द एथिकल ट्रिटमेन्ट अफ एनिमल्स (पेटा) को भारतीय कार्यालयले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यो अनुसन्धानमा आश्चर्यजनक आठ महिना लागेको छ ।”

पेटा इन्डियाका अनुसार प्रहरीले बुधबार अस्पताललाई परेवा छोड्न औपचारिक अनुमति दिएको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार उक्त चरा स्वस्थ अवस्थामा रिहा भएको छ ।

जासूसीको आरोपमा भारतीय अधिकारीहरूले हिरासतमा लिएका कयौंमध्ये यो पछिल्लो परेवा हो ।

सन् २०१६ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई धम्कीपूर्ण सन्देश बोकेको अवस्थामा फेला परेको परेवालाई सीमा सुरक्षा अधिकारीहरूले नियन्त्रणमा लिएका थिए ।

सन् २०१० मा अर्को परेवाको खुट्टामा औंठी र पाकिस्तानी फोन नम्बर र ठेगाना रातो मसीले टाँसिएको अवस्थामा फेला परेपछि सशस्त्र पहरामा राखिएको थियो ।