५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

दयाहाङका दुई चलचित्र एकसाथ प्रदर्शन हुँदै



fie photo
अ+ अ-

काठमाडौँ । नेपाली चलचित्रमा कलाकार दयाहाङ राई स्थापित नाम बनिसक्नुभएको छ । पछिल्लो समय व्यस्त कलाकारको सूचीमा अगाडि नाम आउने राईले अभिनय गर्नुभएका दुई चलचित्र ‘दयारानी’ र ‘हात्तीछाप’ एकसाथ माघ २६ गते प्रदर्शन हुँदैछन् । कलाकार राईको यो संयोग दोस्रो पटक हो । यसवर्षको सुरुकै दिन वैशाख १ मा पनि उहाँ अभिनित दुई चलचित्र ‘जारी’ र ‘विहे पास’ एकसाथ प्रदर्शन गरिएको थियो ।

दोस्रो पटक पनि उस्तै संयोग परेपछि पनि कलाकार राईले उस्तै जवाफ दिनुभयो, “दुवै चलचित्र फरक स्वादका छन्, यी दुई चलचित्र निर्माण नै तीनदेखि चार वर्षको फरक छ, सायद यो समयमा व्यापार हुन्छ भन्ने लागेर होला, प्रदर्शन गर्ने निर्णयमा पूर्णतया निर्माताको अधिकार हुन्छ, दुवै चलचित्रमा फरक विषय र परिवेशलाई प्रस्तुत गरिएको छ, एउटा विशुद्ध पारिवारिक कथामा छ भने अर्कोमा समसामयिक विषयवस्तु छ, दर्शकलाई दुवै चलचित्रले निराश बनाउँदैन ।”

दुई चलचित्रमा विषयवस्तु र विधाका हिसाबले फरक भए पनि अभिनेता राई भने समान हुनुहुन्छ । “एकै दिन दुई चलचित्र प्रदर्शन हुँदा एउटा सफल र अर्को असफल हुँदा मलाई नै घाटा हुन्छ, यद्यपि फरक विधा र विषयले गर्दा दर्शकको मन दुवैले जित्छ भन्ने लागेको छ, यो समयमा दुई चलचित्रभन्दा बढी शुभकामना मलाई चाहिएको छ”, राईले भन्नुभयो ।