• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo

प्रतितोला तीन सय रूपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?



काठमाडौँ । नेपाली सुनचाँदी बजारमा आज पनि सुनको मूल्य बढेको छ । शुक्रबार सुनको मूल्य प्रतितोला तीन सय रूपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १९ हजार पाँच सय रूपैयाँमा कारोबार भईरहेको छ । बिहिबार उक्त् सुन एक लाख १९ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज तेजाबी सुन प्रतितोला एक लाख १८ हजार नौँ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ । हिजो तेजाबी सुन प्रतितोला एक लाख १८ हजार छ सय ५० रूपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ५ रूपैयाँले बढेर १४ सय १५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।