• ३१ जेष्ठ २०८१, बिहीबार
  •      Thu Jun 13 2024
  •   Unicode
Logo
Latest
★   रूग्ण उद्योग पुनःसञ्चालनका लागि व्यवस्थित अध्ययन गरौँः प्रधानमन्त्री ★   विपद्लाई निमिट्यान्न गर्न सकिँदैन, न्युनिकरणका लागि सबै एक हुनुको विकल्प छैनः अध्यक्ष नेपाल ★   राष्ट्रपति पौडेलसँग महानिर्देशक हुंग्बोको शिष्टाचार भेट ★   जनप्रतिनिधि र पार्टीबीचको सम्बन्ध सुमधुर हुन आवश्यकः उपसभापति खड्का ★   अस्ट्रेलियाको भरमा इंग्ल्याण्ड टोली, अष्ट्रेलियाले उतार्ला कि पछार्ला ? ★   रूग्ण उद्योग पुन:सञ्चालनका लागि व्यवस्थित अध्ययन गरौँ: प्रधानमन्त्री ★   मन्त्रीपरिषद् पुनर्गठन गर्नेबारे मलाई जानकारी छैन, प्रधानमन्त्रीसँग सोधौँला: माधवकुमार नेपाल ★   देश विकास हुनबाट रोक्न काँग्रेसले ‘स्यालहुँइया’ मच्चायो: ओली ★   अस्ट्रेलियाको भरमा इंग्ल्याण्ड टोली, अष्ट्रेलियाले उतार्ला कि पछार्ला ? ★   जिल्ला प्रहरी कार्यालय सिरहाभित्र प्रहरी जवान मृत फेला

भूकम्प प्रभावित जिल्लाका बालबालिकालाई सौर्य बत्ती



काठमाडौँ ।  ‘चाइना फाउण्डेसन फर रुरल डेभलपमेन्ट (सिएफआरडी)’ले जाजरकोटका सामुदायिक विद्यालयका भूकम्प प्रभावित बालबाललिकालाई एक हजार थान सौर्य बत्ती वितरण गरेको छ । उनीहरुलाई ‘पोर्टेबल बत्ती’ वितरण गरिएको हो ।

दिगो बिजुली आपूर्ति सुनश्चित गर्ने अपेक्षासहित विद्यार्थीलाई रातिको समयमा अध्ययन गर्न सहज होस भनेर सौर्य बत्ती वितरण गरिएको सिएफआरडीले जनाएको छ । भूकम्प प्रभावति क्षेत्रका विद्यार्थी शिक्षा लिनबाट वञ्चित हुनुनपर्ने सिएफआरडीको विश्वास छ ।

विपद् र प्रकोपका कारण नियमति विद्युत आपूर्ति अवरुद्ध भएको क्षेत्रमा पनि विद्यार्थीको सिकाइ जारी राख्न यसबाट सघाउ पुग्ने सिएफआरडीले जनाएको छ । सिएफआरडीले गत पुसमा जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित क्षेत्रमा खाद्यान्न सामग्री, न्यानो कपडालगायत राहत सामग्री वितरण गरेको थियो ।  रासस