• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

चोरीका सवारीसाधन सम्बन्धित सवारी धनीलाई हस्तान्तरण



काठमाडौँ । चोरी भएर नियन्त्रणमा लिएका सवारी साधन ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले सम्बन्धित सवारी धनीलाई हस्तान्तरण गर्न थालेको छ ।

पछिल्लो समय सवारी साधन चोरी हुने क्रम बढिरहेको समयमा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले सम्बन्धित सवारी साधन धनीलाई हस्तान्तरण गर्न लागको हो ।

चोरी भएका सवारी नियन्त्रणका लागि ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले भिएसयु शाखा स्थापना गरी नियन्त्रणमा लिएर पहिचान खुलेको सवारीहरु सवारी धनीलाई हस्तान्तरण गर्न थालेको छ । गत पुस १९ गतेबाट भिएसयु शाखा स्थापना गरे चोरीका सवारी नियन्त्रणमा लिने अभियान शुरु गरेको थियो ।

उक्त अभियान शुरु भएदेखि नियन्त्रणमा लिएका १० मोटर साइकल र २ चार पाङ्ग्रेमध्ये ५ वटा सवारी धनी पहिचान भएका मोटरसाईकल सवारी धनीलाई हस्तान्तरण गरिएको ट्राफिक व्यवस्थापन कार्यालय इटहरका प्रहरी उपरीक्षक सरोज पौडेलले बताउनु भयो । उहाँले दर्ता नभएका सवारीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान गरेर पहिचान खुलेकाहरु सम्बन्धित सवारी धनीलाई वुझाउन शुरु गरिएको बताउनु भयो । उहाँले दर्ता नगरी सञ्चालन गरिएको सवारी पुन: दर्ता गरेर चलाउन चाहे सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरिने नभएर राजश्व कार्यालयलाई वुझाइने बताउनु भयो ।

सवारी चोरीका घटनाहरु बढी रहेको समयमा सुनसरी, मोरङ र झापा जिल्लामा भिएसयु अन्तर्गत एक/एक जना र कोशी प्रदेशभर २ जना गरी सवारी खोज तलासका लागि ५ जना परिचालन गरिएको थियो । ट्राफिकले चोरीका तथा दर्ता नगरेर चलाएका सवारीहरु विशेष सुराकीका आधारमा पक्राउ गरी अनुसन्धान गरिरहेको छ । —न्युज एजेन्सी नेपाल