१८ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढीबारे कूटनीतिक समुदायलाई परराष्ट्रमन्त्री खनालको ब्रिफिङ राजर्षिजनक विश्वविद्यालयमा १० प्रतिशत विद्यार्थीलाई अनिवार्य छात्रवृत्ति जलवायु परिवर्तनका कारण नेपालले व्यहोर्नुपरेको क्षतिको लागि कार्बन उत्सर्जन गरिरहेका देशहरु जिम्मेवारः सांसद झा भोटेकोशी बाढीपछि अझै ४ हजार २१६ जना सम्पर्कविहीन विपद् व्यवस्थापनमा सरकारको कार्यप्रति रास्वपाको ऐक्यवद्धता, राष्ट्रिय एकता कायम गर्नुपर्नेमा जोड नेप्से परिसूचक ४.६६ अङ्कले बढ्यो बाढीमा बेपत्ता नागरिकको खोजी तीव्र बनाउन सांसदहरूको सरकारलाई ध्यानाकर्षण राहतको एकद्वार प्रणालीले जनता भोकै बस्नुपरेको एमाले सांसद बरालको आरोप सरकारको खोज तथा उद्धार कार्य सन्तोषजनक रहेको रास्वपाको निष्कर्ष भोटेकोशी बाढीपछि खोज तथा उद्धारमा नेपाली सेनासहित विदेशी विशेषज्ञ टोली परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री कप: आर्मीको सातौँ जित, गण्डकी ६८ रनले पराजित



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री कपमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशलाई ६८ रनले पराजित गरेको छ ।

यससँगै आर्मीले सातौँ जित हात पारेको छ । गण्डकीको भने यो सातौँ हार हो ।

आर्मीले दिएको १३३ रनको सामान्य लक्ष्य पछ्याएको गण्डकी प्रदेश २३.४ ओभरमा मात्र ६४ रन बनाएर अलआउट भयो । गण्डकीका कुनैपनि ब्याट्सम्यानहरुले गतिलो प्रदर्शन गर्न सकेनन् । इश्वर क्षेत्रीले १६ र करण पंगेनीले १५ रन जोड्नुबाहेक अन्य कुनैपनि खेलाडिले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

आर्मीको जितमा साहब आलमले चार विकेट लिए । जितेन्द्र मुखिया र कुशल मल्लले समान दुई विकेट लिए ।

त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको आर्मी ३९.१ ओभरमा १३२ रन बनाउदै अलआउट भएको थियो । आर्मीका ओपनर इमरान शेखले सर्वाधिक ३४ रन बनाएका थिए । उनले ६४ बलमा ३ चौका र १ छक्का हिर्काए ।

सोमपाल कामीले २३, सन्तोष कार्की २, भीम सार्की १०, विनोद भण्डारी १९, कुशल मल्ल १५, साहब आलमले १२ र विवेक यादवले १ रन बनाउदा सन्दीप रजाली र बसिर अहमद शून्यमा आउट भए ।

गण्डकीका विपिन खत्री, अमृत गुरुङ, कृष्ण पौडेल र कमल परियारले २–२ विकेट लिए । सन्दीप पराजुली र रोशन गौतमले १–१ विकेट झारे ।