२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकामा त्रिदेशीय कला र संस्कृति प्रस्तुत-फोटो फिचर



अ+ अ-

काठमाडौं । नेपाल, कम्बोडिया र बर्माका कलाकारले अमेरिकाको फिलाडेल्फियामा आइतबार आयोजित एक कार्यक्रममा आ–आफ्नो कला र संस्कृति प्रस्तुत गरेका छन् ।

सगरमाथा र लुम्बिनीको ब्यानरमा आयोजना गरिएको सो कार्यक्रममा ती कलाकारले आ–आफ्ना देशको गीत सङ्गीत एवं नृत्य प्रस्तुत गरेका हुन् । ‘इन्ट्रा कल्चरल इभेन्ट–२०२४’ नाम दिइएको सो कार्यक्रममा नेपालका सम्पदा सगरमाथा र लुम्बिनीलाई ब्यानरमा साक्षी राखेर भ्रातृत्व, शान्ति र सहकार्यको भावना व्यक्त गरिएको थियो ।

त्यस अवसरमा फिलाडेल्फियामा रहेका नेपाली, करेन, खमेर, बर्मेली र कम्बोडियन समुदायका नागरिकको उपस्थिति रहेको आयोजक संस्था इन्ट्रा–नेसनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेशन अफ अमेरिकाले विज्ञप्तिमार्फत जनाएको छ ।

सो संयुक्त सांस्कृतिक कार्यक्रममा इन्ट्रा डान्स स्कुल, हृयारिसवर्गका नेपाली मूलका विद्यार्थीले नेपाली लोकगीतमा आकर्षक नृत्य प्रस्तुत गरेका थिए भने नेपाली कलाकार रोमा राई र उहाँको समूहद्वारा प्रस्तुत राई जातिको परम्परागत साकेला नृत्य सबैको आकर्षणको केन्द्र बनेको थियो ।

कार्यक्रममा कम्बोडिन मूलका केभिन चिन र बेर्मेली मूलकी थाङ सोङले आ–आफ्ना देशका संस्कृतिका बारेमा जानकारी गराएउनुभएको थियो । कार्यक्रममा कम्बोडियन समुदायकी सेलिब्रेटी गायिका चोम निमोल, पाउला थान्च, मेला चुम, बर्माको करेन समुदायकी गायिका फेनी रकम्यानलगायतले आ–आफ्नो सांस्कृतिक प्रस्तुति दिनुभएको थियो ।

त्यसैगरी सो कार्यक्रममा नेपाली, बर्मेली, कम्बोडियन कलाकारले आफ्ना देशका संस्कृति र कला झल्किने गरी नृत्य प्रस्तुत गरेका थिए । अमेरिकास्थित सामाजिक संस्था इन्ट्रा–नेसनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेशन अफ अमेरिकाकाद्वारा आयोजित सो कार्यक्रममा सो संस्थाका अध्यक्ष डिल्ली अधिकारीले संसारभरका नेपालीबीच सांस्कृतिक एकता गर्ने अभियानस्वरुप यो कार्यक्रम गरिएको जानकारी दिनुभयो ।

त्यस अवसरमा कम्बोडियन आइडलसमेत रहेकी गायिका निमोल चोमले आफूलाई नेपालका हिमालय र भागवान गौतमबुद्धको जन्मभूमि पुग्ने रहर भएको बताउनुभएको थियो । आफ्नो जन्मभूमि भुटानबाट अन्यायपूर्वक लखेटिएर पितृभूमि नेपालमा शरणार्थी जीवन बिताएको पीडादायी क्षणमा पनि आफूहरुले नेपाली संस्कार र संस्कृतिलाई अगाडि बढाएको भन्दै फाउण्डेसनका निर्देशक ओमराज गुरुङले यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने बताउनुभयो ।

फिलाडेल्फिया नगर परिषद्की सदस्य डा निना अहमदले एसियाका विविध संस्कृतिलाई अमेरिकामा ल्याइ संयुक्तरुपमा प्रस्तुत गरेकामा आयोजकलाई धन्यवाद व्यक्त गर्नुभयो ।

उक्त कार्यक्रममा पेन्सिलभेनिया राज्यको राज्यसभाका स्थानीय नेता, नगरपालिकाका प्रतिनिधि, अमेरिकी सङ्घीय सांसदको कार्यालयका प्रतिनिधि र नगरपरिषद्का सदस्यको सहभागी भएका सो विज्ञप्तिमा जनाइएको छ ।