• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   टी–२० विश्वकपः आयोजक अमेरिकाको विजयी सुरुवात, क्यानडालाई ७ विकेटले हरायो ★   मुख्यमन्त्रीले विश्वासको मत लिनुअघि नै प्रदेश प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाउने गठबन्धन दलहरुको तयारी ★   अभिनेता शाहलाई ‘उद्धव दीर्घसाधना सम्मान’ प्रदान ★   यार्सा सङ्कलनः मुगुमा चारजनाको मृत्यु, एक सिकिस्त ★   टी–२० विश्वकपः क्यानडाले अमेरिकालाई दियो १९५ रनको लक्ष्य ★   संसद्का दुवै सदनको बैठकमा आज बजेटमाथि छलफल हुने ★   टी–२० विश्वकप आजदेखि, अमेरिका र क्यानडा भिड्दै ★   आठ जना युवा शल्यचिकित्सकले गरे १०० जनामा ‘कृतिम हाडजोर्नी प्रत्यारोपण’ ★   मोदीले ‘ह्याट्रिक’ गर्ने लगभग निश्चित ★   डर्टमण्डलाई हराउँदै रियलले जित्यो च्याम्पियन्स लिगको उपाधि

गठबन्धनका कारण देश गम्भीर अवस्थामा छ: अध्यक्ष ओली



काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान गठबन्धनका कारण देश गम्भीर अवस्थामा पुगेको बताउनुभएको छ ।

बुधवार सिन्धुपाल्चोकका पाँचपोखरी थाङ्पाल गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले एमाले सरकारमा जान हतार नगर्ने र गठबन्धनले काम गर्न नसके जुर्मुराउनुपर्ने बताउनु भयो । उहाँले ०८४ को निर्वाचनमा सम्पूर्ण ठाउँ एमालेले जित्नुपर्ने बताउनु भयो । अध्यक्ष ओलीले गठबन्धनका कारण अहिले देशमा ग्रहण लागेको बताउनु भयो । एमालेलाई छेक्न ८ वटा राजनीतिक दलहरु लागेको बताउनु भयो । उहाँले गठबन्धनका दलहरुबाट देश बनाउने कुरा भन्दा गठबन्धन बनाउने र जोगाउने कुरा मात्तै बढी सुनिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामी सरकारमा जाने हतार गर्दैनौँ । अब यिनीहरुले गर्न सकेनन् भने त हामीले फेरि उठ्न त परिहाल्छ । तर हामी मिसन ०८४ भनेर ०८४ को निर्वाचनमा सम्पूर्ण ठाउँ एमालेले जित्नुपर्छ । हरेक ठाउँ जित्नेगरी एमालेको तयारी हुनुपर्छ । सरकारमा हुने गठबन्धनेहरुलाई पनि भनिरहेको छु मैले । गम्भीर हुनुपर्ने अवस्था छ । यदी गम्भीर भएन भने देश बर्बाद हुन्छ । तर म तपाईंहरुलाई भन्न चाहन्छु, अलिक समय सूर्यलाई पनि ग्रहण लाग्छ । सूर्य अत्यन्त शक्तिशाली छ ।’

‘नवग्रह तिनै सूर्यबाट निस्किएका ससाना पिण्डहरु हुन् । त्यसैबाट उछिट्टिएका । भने सूर्य त्यस्तो शक्तिशाली हो । त्यति जाज्वल्यमान, त्यति प्रकाशमान, तापमान, सूर्यलाई पनि कहिले कहिले ग्रहण लाग्छ । तर ग्रहण सधैँ त लाग्दैन नि । देशलाई पनि कहिले कहिले ग्रहण लाग्छ । एउटा फुच्चे चन्द्रमाले सूर्यमा ग्रहण लगाइदिन्छ । यहाँ त आठ, १० वटा गठबन्धनेहरु छन्, एमालेलाई छेक्न । एमालेलाई ग्रहण लगाउनका लागि आठ दश वटा एक ठाउँ ठोक्किएर आएका छन् । देश बनाउने कुरा सुन्नुभएको छ उनीहरुबाट । गठबन्धन जोगाउने भन्छन् । देश बनाउने होइन, गठबन्धन जोगाउने ।’

अध्यक्ष ओलीले विकासको काममा राजनीतिक आग्रह पूर्वाग्रह नराख्न आग्रह गर्नुभयो । योग्य मान्छेलाई सामाजिक क्षेत्रका जिम्मेवारी दिन उहाँले सुझाव दिनुभयो । अहिले गठबन्धनले क्षमता हरेर नभइ गठबन्धने हो कि होइन भनेर जिम्मेवारी दिने गरेको आरोप लगाउनु भयो । ओलीले मुख्यरूपमा कृषिलाई आधुनिकीकरण गरेर नै समृद्ध नेपाल बनाउन सकिने बताउनु भयो ।