२ पुष २०८२, बुधबार
,
Latest
वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता घरमा ढुङ्गा खस्दा चार जना घाइते कम्बोडियाको सीमा क्षेत्रमा भएको झडपमा १७ जनाको मृत्युः मन्त्रालय जापानिज ‘इन्सेफ्लाइटिस’बाट पाँच महिनामा छ जनाको मृत्यु दिउँसैसम्म हुस्सु–कुहिरो लाग्न थालेपछि चिसो ह्वात्तै बढ्यो युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ जेन–जीहरुले स्वर परिवर्तन गर्न थालेः मेयर महर्जन नेपाल सरकार र एडीबीबीच सार्वजनिक वित्त व्यवस्थापन सुदृढीकरणसम्बन्धी ऋण सम्झौता नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की एमाले महाधिवेशनः मतदान जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

जावलाखेललाई हराउँदै थ्री स्टार आहा रारा गोल्डकपको फाइनलमा



अ+ अ-

पोखरा । थ्री स्टार २३औँ संस्करणको आहा ! रारा गोल्डकपको फाइनल प्रवेश गरेको छ ।

बुधबार पोखरा रङ्गशालामा भएको सेमिफाइनल खेलमा जावलाखेल युथ क्लबलाई १-० ले पराजित गर्दै थ्री स्टार फाइनल पुगेको हो ।

थ्री स्टारलाई जिताउन दीपेश घलेले ७८ औं मिनेटमा गोल गरे । उनले टिममेट दीपेश आलेको असिस्टमा गोल गरेका हुन् ।

प्रतियोगिताको फाइनल शनिवार हुनेछ । प्रतियोगिताको उपाधि विजेताले १२ लाख एक हजार र उपविजेताले ६ लाख एक हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।