२७ मंसिर २०८२, शनिबार
,
Latest
एनपिएल उपाधि भिडन्त: पावरप्लेमा सुदूरपश्चिमले तीन विकेट गुमायो जेन—जी आन्दोलनले मुलुकलाई गम्भीर समस्यामा धकेल्योः पूर्णबहादुर खड्का युवापुस्तालाई राज्यको मूल प्रवाहमा जोड्नुपर्ने नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवः छोङछिङ महानगरमा विविध सांस्कृतिक कार्यक्रम म ढुक्कले भन्न सक्छु–एमाले अजम्बरी छ: ओली एमालेसँग बहुमत ल्याउने ल्याकत छ, चुनावबाट भाग्दैनः ओली एनपीएल फाइनल: सुदूरपश्चिम टस जितेर ब्याटिङमा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन- फोटो फिचर अमेरिकामा मौसमी फ्लु प्रकोपः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मोरङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

आसिफको शतकको बाबजुत पनि एपिएफको हार, शीर्ष चारमा नरहने पक्का



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री कपमा ओपनर आसिफ शेखको शतकको बाबजुत पनि नेपाल एपिएफ क्लब कर्णाली प्रदेशसँग २१ रनले पराजित भएको छ ।

कर्णालीसँग हार बेहोरेसँगै एपिएफको शीर्ष दुईमा रहँदै फाइनल खेल्ने र शीर्ष चारमा रहँदै एलिट ट्रफी खेल्ने लक्ष्य अधुरै रहने भएको छ ।

कर्णालीले दिएको २०७ रनको लक्ष्य पछ्याएको एपिएफ ४४ ओभरमा १८५ रन बनाउदै अलआउट भयो । एपिएफका लागि ओपनर आसिफ शेखले शतकीय इनिङ खेले । उनले ११६ बलमा १० चौका र २ छक्का सहित १०८ रन बनाए । आशिफ र अमर राउटेलाले सातौ विकेटका लागि ८७ रनको साझेदारी गरेका थिए । राउटेला ७१ बलमा १ छक्कासहित २८ रनमा अविजित रहे । यी दुईबाहेक अरु खेलाडिको ब्याट चल्न सकेनन् ।

कर्णालीको जितमा प्रकाश जैशीले ४ विकेट लिए । यस्तै दिपेन्द्र रावत र युनिष सिंहले समान दुई/दुई विकेट तथा दिनेश अधिकारीले एक विकेट लिए ।

त्यसअघि किर्तीपूरस्थित टीयू मैदानमा ४४.१ ओभरमा अलआउट हुदै कर्णालीले २०६ रन बनाएको थियो । कर्णालीका लागि हिमांशु शाहीले सर्वाधिक ६२ रन बनाएका थिए । उनले ५० बलमा २ चौका र ७ छक्का हिर्काए । चौथो विकेटका लागि शाही र अर्जुन घर्तीले १११ रनको साझेदारी गरेका थिए । घर्तीले ७४ बलमा १ चौका र ३ छक्का सहित ५३ रन बनाए । यस्तै, दिनेश अधिकारीले २७, रबिन्द्र शाहीले २२, प्रकाश जैशीले १० र निश्चल रावलले ६ रन जोडे ।

एपिएफका लागि मौसम ढकालले ३ विकेट लिएका थिए । अमर राउटेलाले २ तथा भुवन कार्की र रमेश कुर्मीले समान १/१ विकेट लिए ।