• १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
  •   Unicode
Logo
Latest
★   मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी ★   चितवनमा ६४ जनामा डेङ्गु सङ्क्रमण ★   बागमती र सुदूरपश्चिम प्रदेशमा आज भारी वर्षाको सम्भावना ★   सम्पदा संरक्षण, महिला सशक्तीकरणको क्षेत्रमा स्व.अम्बिका श्रेष्ठको योगदान अतुलनिय: पूर्वराष्ट्रपति भण्डारी ★   १८ वर्षदेखि विचाराधीन संक्रमणकालीन न्यायमा कसरी जुट्यो सहमति ? ★   भेडेटारमा स्काइ टावर ★   मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ★   संघीय संसदले सहकारी संस्थाहरुको नियमन गर्नुपर्छः पूर्वअर्थमन्त्रीहरु ★   विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे ★   गृहमन्त्री लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिको भेट

यू-१९ विश्वकप: बंगलादेशविरुद्ध नेपालको खराब सुरुवात



BLOEMFONTEIN, SOUTH AFRICA – JANUARY 31: Bipin Rawal of Nepal bats during the ICC U19 Men’s Cricket World Cup South Africa 2024 Super Six match between Nepal and Bangladesh at Mangaung Oval on January 31, 2024 in Bloemfontein, South Africa. (Photo by Alex Davidson-ICC/ICC via Getty Images)

काठमाडौँ । नेपालले आईसीसी यू-१९ विश्वकपको सुपर सिक्समा बंगलादेशविरुद्ध खराब सुरुवात गरेको छ ।

टस जितेर पहिले ब्याटिङ गरिरहेको नेपालले १० ओभरको समाप्तिमा ३५ रनमा तीन विकेट गुमाएको छ । नेपालका ओपनरद्वय अर्जुन कुमाल, बिपिन रावल र तीन नम्बरमा आएका आकाश त्रिपाठी पेभेलियान फर्किसकेका छन् ।

नेपालले पहिलो विकेटमा बिपिन रावललाई गुमाएको थियो । उनी चौथो ओभरको पाँचौ बलमा मरुफ मृधाको बलमा क्याच आउट भएका थिए । उनले १२ बलमा २ रन बनाए ।

त्यसपछि आकाश त्रिपाठी १३ बलमा ३ रन बनाएर इक्बाल होसेन इमोनको बलमा आउट भए । यस्तै, नवौ ओभरको तेस्रो बलमा अर्जुन कुमाल रोहानत बोर्सोनको बलमा आउट भए । उनले २६ बलमा २ चौका सहित १४ रन बनाए ।

अहिले क्रिजमा कप्तान देव खनाल र विशाल विक्रम केसी खेलिरहेका छन् ।