६ श्रावण २०८३, बुधबार
,
Latest
टेकुमा निर्माणाधिन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी विभिन्न कार्यक्रम गरी ४४३औँ बिपी स्मृति दिवस मनाइँदै भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव बजेट कार्यान्वयनमा कडाइ गर्न अर्थ मन्त्रालयद्वारा ४७ बुँदे मार्गदर्शन जारी माइतीघर डुवानको प्राविधिक कारणसहित प्रतिवेदन पेश गर्न कार्यवाहक प्रमुख डंगोलको निर्देशन देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित १९ जना पक्राउ सुनचाँदीको मूल्य वृद्धि मन्त्रिपरिषद्को बैठक आज दिउँसो ३ बजे बस्दै एमालेका ६ मन्त्रीद्वारा बागमती प्रदेश सरकारबाट सामूहिक राजीनामा वीपी स्मृति दिवसमा काँग्रेसद्वारा ‘ग्रीन रन’ आयोजना, मुकेश पाल प्रथम
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसीसीको अध्यक्षमा जय शाह पुन: निर्वाचित



अ+ अ-

एजेन्सी । बीसीसीआईका सचिव जय शाह एसियाली क्रिकेट काउन्सिल (एसीसी) को अध्यक्षमा लगातार तेस्रो पटक निर्वाचित भएका छन् ।

एसीसीको बुधवार सम्पन्न वार्षिक बैठकले जय शाहलाई एसियन क्रिकेट काउन्सिलको अध्यक्षमा नियूक्त गरेको हो ।

श्रीलंका क्रिकेट (एसएलसी) का अध्यक्ष शम्मी सिल्भाले दोस्रो पटक जय शाहको कार्यकाल थप्ने प्रस्ताव राखेका थिए । उनको प्रस्ताबलाई एसीसीका सबै सदस्यहरूले सर्वसम्मतिले समर्थन गरेका हुन् ।

बंगलादेश क्रिकेट बोर्डका अध्यक्ष नजमुल हसनपछि शाहले जनवरी २०२१ बाट एसीसीको नेतृत्व सम्हालेका थिए । शाहको नेतृत्वमा एसीसीले एसियाली क्षेत्रमा क्रिकेटको प्रवर्द्धन र विकासमा उल्लेखनीय प्रगति हासिल गरेको छ। शाहको नेतृत्वमा एसीसीले २०२३ मा एशिया कप र २०२४ मा एशिया कप सफलतापूर्वक आयोजना गर्‍यो ।

जय शाहले पुन निर्वाचित भएपछि सबैलाई धन्यवाद दिएका छन् । सबैप्रति आभार व्यक्त गर्दै जय शाहले भने, “एसीसी बोर्डको निरन्तर विश्वासका लागि म कृतज्ञ छु। खेलको बाल्यावस्थामा रहेका क्षेत्रहरूमा विशेष ध्यान दिएर यसको चौतर्फी विकास सुनिश्चित गर्न हामी प्रतिबद्ध रहनुपर्छ। एसीसी एशियाभर क्रिकेटको प्रवर्द्धन गर्न प्रतिबद्ध छ।”