• १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
  •   Unicode
Logo
Latest
★   बागमती र सुदूरपश्चिम प्रदेशमा आज भारी वर्षाको सम्भावना ★   सम्पदा संरक्षण, महिला सशक्तीकरणको क्षेत्रमा स्व.अम्बिका श्रेष्ठको योगदान अतुलनिय: पूर्वराष्ट्रपति भण्डारी ★   १८ वर्षदेखि विचाराधीन संक्रमणकालीन न्यायमा कसरी जुट्यो सहमति ? ★   भेडेटारमा स्काइ टावर ★   मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ★   संघीय संसदले सहकारी संस्थाहरुको नियमन गर्नुपर्छः पूर्वअर्थमन्त्रीहरु ★   विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे ★   गृहमन्त्री लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिको भेट ★   सदन र सडकलाई प्रभावकारी ढंगले जोड्छौँ: माओवादी केन्द्र ★   दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युत् सेवा: ऊर्जामन्त्री

सरकारले आमसञ्चार क्षेत्रको पुन: संरचना गर्न खोजिरहेको छ: मन्त्री शर्मा



file photo

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले आम सञ्चार क्षेत्रको पुन: संरचना गर्न खोजिरहेको बताउनुभएको छ ।

बुधवार नेपाल टेलिभिजनको ३९ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । आम सञ्चार क्षेत्रको पुन: संरचनालाई ध्यानमा राखेर नीतिगत तथा कानूनी व्यवस्थाका बारेमा सुझाव दिन आमसञ्चार क्षेत्र सुधार सुझाव समिति गठन गरी सो समितिको प्रतिवेदनलाई मुख्य आधार बनाइ नेपाल मिडिया काउन्सिल विधेयक र आम सञ्चार विधेयक तयार गरिएको बताउनु भयो ।

आम सञ्चार नीति, २०७३ र संघीय संरचना तथा अभ्यासबाट विकसित परिवेशअनुसार प्रदेश र स्थानीय तहलाई पनि बलियो बनाउने गरी आमसञ्चारको क्षेत्रमा नीति र कानून निर्माणमा जोड दिएको पनि मन्त्री शर्माले बताउनु भयो । उहाँले सरकारी सञ्चारमाध्यमहरु सरकारी सूचना प्रशारण गर्ने एकोहोरो प्रशारक मात्र नभएको भन्दै सबै कार्यलाई जनताको बीचमा लैजाने र जनताको आवाज र गुनासो, अपेक्षासम्मलाई राज्य समक्ष पुर्‍याउने माध्यम जिकिर गर्नुभयो । उहाँले नेपाल टेलिभिजनसहित सार्वजनिक प्रशारण क्षेत्रको पुन: संरचना गर्न खोजिरहेको बतायनु भयो । नेपाल टेलिभिजन र रेडियोनेपाललाई एकीकरण गरी थप स्वतन्त्र, स्वायत्त र जनउत्तरदायी सार्वजनिक प्रशारणको रुपमा विकास गर्न सार्वजनिक सेवा प्रशारण विधेयकमाथि प्रतिनिधि सभाको विषयगत समितिमा छलफल भइरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपाल सरकारको तर्फबाट नेपाल टेलिभिजनलाई अघि बढाउन, यसको सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउन र यसका सबै काम कारबाहीलाई अघि बढाउन सरकार सदैव सकारात्मक छ । हामीले नेपाल टेलिभिजनसहित सार्वजनिक प्रशारण क्षेत्रको पुन: संरचना गर्न खोजिरहेका छौँ । नेपाल टेलिभिजन र रेडियोनेपाललाई एकीकरण गरी थप स्वतन्त्र, स्वायत्त र जनउत्तरदायी सार्वजनिक प्रशारणको रुपमा विकास गर्न सार्वजनिक सेवा प्रशारण विधेयकमाथि प्रतिनिधि सभाको विषयगत समितिमा छलफल भइरहेको छ ।’

‘सरकारी सञ्चारमाध्यमहरु सरकारी सूचना प्रशारण गर्ने एकोहोरो प्रशारक मात्र होइनन्, राज्यका सूचना सन्देश सँगसँगै सबै कार्यलाई जनताको बीचमा लैजाने र जनताको आवाज र गुनासो, अपेक्षासम्मलाई राज्य समक्ष पुर्‍याउने माध्यम हुन् । आम सञ्चार क्षेत्रकै पुन: संरचना गर्न खोजिरहेका छौँ । आम सञ्चार क्षेत्रको पुन: संरचनालाई ध्यानमा राखेर नीतिगत तथा कानूनी व्यवस्थाका बारेमा सुझाव दिन आमसञ्चार क्षेत्र सुधार सुझाव समिति गठन गरेर सो समितिको प्रतिवेदनलाई मुख्य आधार बनाइ नेपाल मिडिया काउन्सिल विधेयक र आम सञ्चार विधेयक तयार गरिएको छ । आम सञ्चार नीति, २०७३ र संघीय संरचना तथा अभ्यासबाट विकसित परिवेशअनुसार प्रदेश र स्थानीय तहलाई पनि बलियो बनाउने गरी आमसञ्चारको क्षेत्रमा नीति र कानून निर्माणमा जोड दिएका छौँ ।’

मन्त्री शर्माले सूचना प्रविधिको विकास र आम दर्शकको बदलिँदो शैलीलाई ध्यान दिएर हातहातमै टेलिभिजन हेर्ने व्यवस्था नगर्ने हो भने अब टेलिजिनको पहुँच बिस्तार गर्न कठिन रहेको बताउनु भयो । उहाँले नेपाल टेलिभिजनले डिजिटलाइजेशनलाई अझै बढाउन आवश्यक रहेको बताउनु भयो । मुलुकको अधिकतम क्षेत्रका जनतासमक्ष सेवा पुर्‍याउन उपयुक्त र सुलभ प्रविधिको प्रयोगमा पनि ध्यान दिन जरुरी रहेको बताउनु भयो ।