• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo
Latest
★   विश्वकप विजेता भारतीय क्रिकेट टोलीले १२५ करोड भारु पुरस्कार पाउने ★   पोल पोलमा ‘सवि’: बालेनको कटाक्ष- माया यस्तो होस्, भित्ता भित्तामा तिम्रो नाम होस् ! ★   बढ्यो पेट्रोलियम पदार्थको मूल्य ★   ओलीले दिए नेपाल आइडल विजेता करण परियारलाई सारंगी उपहार – फोटोफिचर ★   यथास्थितिमा देश अगाडि जान सक्दैन: ओली ★   विदेशबाट फर्किएका नेपाली नागरिक फेरि विदेश फर्कनु नपर्ने गरी काम गरिरहेका छौँ: श्रममन्त्री अर्याल ★   समस्याग्रस्त सहकारीका कागजात माग्ने छानविन विशेष समितिको निर्णय ★   ट्रफीसँगै सुते सूर्यकुमार ★   जडेजाले लिए सन्यास ★   ग्लोबल आइएमई बैंकका २३३ शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना, ३५ हजार बढीको सहभागिता

आहा रारा गोल्डकप: फाइनल प्रवेशका लागि थ्री स्टार र जावलाखेल भिड्दै



काठमाण्डौ । २३औँ संस्करणको आहा ! रारा गोल्डकपको फाइनल प्रवेशका लागि आज थ्री स्टार क्लब र जावलाखेल प्रतिष्पर्धा गर्दैछन् ।

पोखरा रङ्गशालामा हुने सेमिफाइनल खेल दिउँसो साढे २ बजे बाट सुरु हुनेछ । थ्रीस्टारले भुटानको पारो फुटबल क्लबलाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेको थियो भने जावलाखेलले मनाङ मर्स्याङ्दीलाई हराएको थियो ।

प्रतियोगिताको फाइनल शनिवार हुनेछ । प्रतियोगिताको उपाधि विजेताले १२ लाख एक हजार र उपविजेताले ६ लाख एक हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।