७ असार २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आफुलाई कुन पार्टीको नेता भन्नेलाई प्रम ओलीको प्रश्न तपाई कुन पार्टीको ? (भिडियोसहित)



अ+ अ-

काठमाडौ  । प्रधानमन्त्री केपि ओलीले आफुलाई कुन पार्टीको भन्दै प्रश्न उठाउनेहरुलाई जवाफ खोज्न सर्वोच्च अदालत जान सुझाब दिनु भएको छ । १ सय ११औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा महिला, बालबालिका तथा जेष्ठनागरिक मन्त्रालयले आयोजना गरेको कार्यक्रम प्रधानमन्त्री ओलीले भन्नुभयो मुद्दा जितेर स्थापित भएको प्रतिनिधिशभाको बैठकमा प्रधानमन्त्री कुन दलको भन्दै केहीले कुरा उठाए मैले सोध्न नपरोस तपाई कुन पार्टीको हो ।

आईतबारको  प्रतिनिधिसभाको बैठकमा सासद भीम रावलले प्रधानमन्त्री कुन दलको हो ? भन्दै प्रश्न राख्नु भएको थियो । प्रधानमन्त्री ओलीले आफु कुन पार्टीको सदस्य र अध्यक्ष भन्ने कुरा सर्वोच्चले तय गरेको उल्लेख गर्दे अदालतको आदेश सम्मान गर्न आग्रह गर्नुभयो । प्रधानमन्त्री ओलीले पटक-पटक नेकपाको सदस्यबाट हटाएको हल्ला सुनेको भन्दै आफु नेकपाको साधारण सदस्य नै नभए तर किन पटक पटक हटाउनु पर्यो भन्दै प्रश्न गर्नुभयो ।

 उहाँले मुद्दा जितेर पून:स्थापना भएको संसदको पहिलो दिनको बैठकमा रमिता देखिएको भन्दै संसद धामि नाच्ने ठाउँ जस्तो भएको टिप्पणी गर्नुभयो । उहाँले संसद कराउन उफ्रिन र होहल्ला गर्न संसद पून: स्थापना गरेको हो कि भन्दै संसदलाई माननियले बोल्भाने षा बोलेर देश र जनताको समस्याको समाधान गर्ने थलो बनाउन आग्रह गर्नुभयो ।  प्रधानमन्त्री ओलीले भन्नुभयो संसदको पहिलो बैठक पहिलो गाँसमा नै झिगा परेकने जस्तो भयो, ताजुब देखियो, कोहि कुदेर बाहिर दौडिएका छन् ।

मेरै मेख मार्न पनि बैठक त चल्न दिनु पर्थो, खै कहाँ जना हतार थियो ? प्रधानमन्त्री ओलीले भन्नुभयो सर्वोच्च अदालतको आदेशलाई मान्नु पर्ने भन्दै आफु अनुकुल आए जयजयकार गर्ने नभए राजनीतिमा हात हाल्न पाईन्छ भन्दै उफ्रिने ? प्रधानमन्त्री ओलीले एसिड सम्बन्धि अध्यादेश रोकेर गैर जिम्मेबार काम गरेको भन्दै सके अध्यादेश फेल गर्न चुनौति दिनुभयो ।