१८ भाद्र २०८३, बिहीबार
,
Latest
रसुवादेखि नवलपरासी पूर्वसम्म खोज तथा उद्धारमा ९ हजारभन्दा बढी सैनिक परिचालन प्रधानमन्त्री शाहसँग वर्षमान पुनको भेट, बाढीपछिको उद्धार र पुनःस्थापनाबारे छलफल रसुवा बाढीले क्षति गरेको पूर्वाधार पुनर्निर्माणलाई तिब्र पार्न सरकारलाई संसदीय समितिको निर्देशन पोर्चुगलमा एनसीसीसीको तीज कार्यक्रम स्थगित, बाढी–पहिरो पीडितलाई ४५ हजारभन्दा बढी सहयोग शव व्यवस्थापन र सडक पुनःस्थापनालाई प्राथमिकता दिन सरकारलाई घिसिङको सुझाव भोटेकोशी बाढीमा सम्पर्कविहीन सैनिकका परिवारसँग समन्वय गर्न सेनाको ‘हेल्प डेस्क’ घिसिङद्वारा प्रधानमन्त्री साहलाई विपद् व्यवस्थापन र पूर्वाधार सुरक्षाबारे सुझाव दिउँसो ३ बजे प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक कृष्णभीरमा सडक सञ्चालनका लागि रुख कटान शुरु, प्राविधिक प्रतिवेदनको प्रतिक्षा रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या १ हजार २५२ पुग्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

दक्षिण अफ्रिकासँग मोरक्को स्तब्ध



अ+ अ-

एजेन्सी । जारि अफ्रिका कप अफ नेसन्समा दक्षिण अफ्रिकाविरुद्ध स्तब्ध हुँदै मोरक्को बाहिरिएको छ ।

मंगलवार राती भएको प्रि-क्वाटरफाइनलमा दक्षिण अफ्रिकासँग २-० को हार बेहोर्दै मोरक्को प्रतियोगिताबाट बाहिरिएको हो ।

खेलको ५७औ मिनेटमा दक्षिण अफ्रिकाका एभिडेन्स माक्गोपाले थेम्बा ज्वानेको पासमा गोल गर्दै टीमलाई अग्रता दिलाएका थिए ।

८५औ मिनेटमा पाएको पेनाल्टी मार्फत खेल बराबरी गर्ने अवसर पाएपनि मोरक्कोले मौका गुमाएको थियो । अक्राफ हकिमीले हानेका पेनाल्टी क्रसबारमा लागेर बाहिरिन पुग्यो ।

थप इन्ज्युरी समयको चौथो मिनेटमा मोरक्कोका सोफ्यान अम्राले रेड कार्ड पाए । त्यसको अर्को मिनेटमा दक्षिण अफ्रिकाका तेबोहो मोकोएनाले गोल गर्दै जित सुनिश्चित गरे ।

अब दक्षिण अफ्रिकाले सेमिफाइनल प्रवेशका लागि केप भर्डे विरुद्द खेल्ने छ ।




भर्खरै