७ असार २०८३, आईतवार
,
Latest
इन्जुरी समयमा निर्णायक गोलसँगै जर्मनी नकआउट चरणमा पोखरा बसपार्कभित्रका ३२० सटर हटाइयो धवलागिरिका दुर्गम गाउँमा सडक सञ्जालको पहुँच बैंक तथा वित्तीय संस्थाले अब मेरोकिताबाटै सेवा लिनुपर्ने पञ्चकन्या मन्दिरमा गौमाता शिलामूर्ति अनावरण स्विडेनमाथि नेदरल्यान्ड्सको सानदार जित अन्नपूर्ण आधार शिविरमा पर्यटक खचाखच पार्टी पुनर्गठनसम्बन्धी सुझाव संकलन कार्यक्रम उत्साहपूर्ण: एमाले उपाध्यक्ष पौडेल रास्वपा महाधिवेशन: कांग्रेस, एमाले र नेकपाबाट दोस्रो तहका नेता राप्रपाबाट अध्यक्ष लिङ्देन सहभागी हुने कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम
तपाईं के खोज्दै हुनुहुन्छ ?

अख्तियारका प्रमुख आयुक्त राईले दोहोरो सुबिधा नलिने



अ+ अ-

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले कुनै प्रकारको दोहोरो सुविधा नलिने घोषणा गर्नुभएको छ । आयोगका प्रमुख आयुक्तमा नियुक्त भइसकेपछि राईले सरकारी सेवा गरेवापत राज्यबाट पाउने निवृत्तिभरण (पेन्सन) सुविधा नलिने जानकारी गराउनु भएको हो । 

सामाजिक सुरक्षा कार्यक्रम कार्यविधि ०६९ ले सार्वजनिक लाभको पदमा बसेका व्यक्तिले दोहोरो सुविधा लिन नहुने व्यवस्था गरेको छ । राईले २०७७ साल फागुनदेखि आयोगबाट पारिश्रमिक र सेवा सुविधा पाउन थालेपछि सोही महिनादेखि नै सरकारबाट पाइरहेको पेन्सन सुविधा नलिने  निर्णय गर्नुभएको हो । 

उहाँले यसको जानकारी निवृत्तिभरण व्यवस्थापन कार्यालय त्रिपुरेश्वरलाई समेत गराउनु भएको छ । प्रमुख आयुक्त राईको पत्रपछि निवृत्तिभरण व्यवस्थापन कार्यालयले पनि प्रमुख आयुक्त राईले खाइपाई आएको निवृत्तिभरण (पेन्सन) रकम रोक्का गरिएको जानकारी दिएको छ ।