• १३ फाल्गुन २०८०, आईतवार
  •      Sun Feb 25 2024
  •   Unicode
Logo
Latest
★   श्रीलङ्काद्वारा रुसी र युक्रेनीलाई दीर्घलानीन भिसा खारेज ★   गजेन्द्र हमालले दिए कांग्रेस महासमिति सदस्यबाट राजीनामा ★   ‘राजनीतिक दलसम्बन्धि दोस्रो संशोधन विधेयक, २०८०’ प्रतिनिधि सभामा पेश ★   पर्यटकहरुले २५ हजार बढी भारतीय रकम बोकेर नेपाल छिर्न नदिने कानून संशोधन होस्: सांसद शर्मा ★   पार्टीहरुलाई शान्ति र लोकतन्त्रको धारमा रुपान्तरण गर्नु काँग्रेसको दायित्व हो: नेता सिटौला ★   नेदरल्यान्ड्सको १०० रन पूरा ★   माओवादीका सांसद सापकोटाको बोलीमा लगाम लगाउन राप्रपा प्रवक्ता श्रेष्ठको सुझाव ★   बक्यौता नतिरेपछि राजस्थान रोयल्सको खेल मैदान ‘सिल’ ★   भैँसी फार्मबाट मनग्य आम्दानी गर्दै सुरेन्द्र ★   नेपाललाई दोस्रो सफलता, ललितले लिए विकेट

प्रधानमन्त्री कप: सुदूरपश्चिम ८७ रनमा अल आउट, चन्दनले लिए ५ विकेट



काठमाडौं । जारी प्रधानमन्त्री कपमा नेपाल एपीएफ क्लबका चन्दन रामको उत्कृष्ट बलिङमा सुदूरपश्चिम प्रदेश ८७ रनमा अल आउट भएको छ ।

माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सुदूर १६.२ ओभरमा अल आउट हुनुअघि जम्मा ८७ रन बनायो ।

सुदूरको लागि नारायण जोशी ३१ रनमा नट आउट रहे । उनले २५ बलमा ३ चौका र ३ छक्का प्रहार गरे । खड्क बोहरा २४ रन आउट हुँदा अन्य कुनैपनि खेलाडिले दोहोरो अंकमा रन बनाउन सकेनन् । सुदुरका मिलन बोहरा ८, राजु रिजाल ५, शेर मल्ल ५, नरेन भट्ट १ रन बनाएर आउट भए ।

सुदूरपश्चिमलाई सस्तैमा अल आउट गराउन एपीएफका तिब्र गतिका बलर चन्दन राम एक्लैले ५ विकेट लिए । आज मात्रै डेब्यू गरेका उनले ७ ओभरमा ५१ रन खर्चे । भुवन कार्कीले ३ विकेट लिँदा राहित पौडेलले २ विकेट लिए ।