२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

चोयाका सामान बनाउने सीप संरक्षण र हस्तान्तरण



अ+ अ-

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ घराम्दीमा वातावरणमैत्री चोयाका सामान बनाउने सीप संरक्षण र युवालाई हस्तान्तरण गर्न थालिएको छ । मौलिक र परम्परागत सीप हस्तान्तरण, संरक्षण र वातावरणमैत्री चोयाका सामग्रीको प्रयोग बढाउने उद्देश्यले मण्डली सामुदायिक सिकाइ केन्द्रले युवायुवतीलाई तालिममार्फत सीप हस्तान्तरण गर्न थालिएको हो ।

केन्द्र व्यवस्थापन समितिका अध्यक्ष सम्झना पौडेलले निगालोबाट चोया र सामान बनाउने सीप सिकाउन पाँचदिने तालिम सञ्चालन गरेको जानकारी दिनुुभयो । “छजना महिलासहित ३० जनालाई तालिम दिएका हौँ”, उहाँले भन्नुभयो, “निगालो र बाँसको चोयाबाट डोका, थुन्से, नाङ्लो डाली, थुन्से, भकारी, नाम्लो, नाङ्लो, डाम्लो बनाउन सिकाएका छाँै ।”

माघ १४ गतेदेखि सुुरु भएको तालिम पाँच दिनसम्म चल्नेछ । चोयाका सामान बनाउन रघुगङ्गा गाउँपालिका–७ चिमखोलाबाट अनिल पाइजा घराम्दी पुग्नुभएको छ । चिमखोलाका बासिन्दामा निगालोबाट आकर्षक डोका बनाउने सीप छ । “अघिल्लो पुुस्ताका नागरिकको मृत्युु, नयाँ पुस्ताका युवायुवतीमा ज्ञान, सीप हस्तान्तरण नभएको र पलास्टिकबाट बनेका सामग्रीको बढ्दो प्रयोगका कारण चोयाबाट बनेका सामग्री र सीप लोप हुने अवस्थामा पुगेको छ, सामान भण्डारण र ढुुवानीमा प्रयोग हुुने चोयाका सामग्री वातावरणमैत्री हुुन्छन्”, उहाँले भन्नुभयो ।

पलास्टिकका सामानका कारण प्रदूषण बढेकाले चोयाबाट बनेका सामग्री प्रयोगमा ल्याउन सीप सिकेको उहाँले बताउनुभयो । प्रशिक्षक पाइजाका अनुुसारप्रति डोकालाई रु एक हजारदेखि दुुई हजार पाँच सय मूल्य पर्छ । साक्षरता अभियानलाई सफल बनाउन र निरन्तरता दिने क्रममा गठन भएका सामुदायिक सिकाइ केन्द्रले समुुदायस्तरमा आयआर्जन वृद्धि, क्षमता, नेतृत्व विकास, परम्परागत मौलिक सीप र कलाको संरक्षणका गतिविधि गर्दै आएका अन्नपूर्ण गाउँपालिकाका शिक्षा अधिकृत गणेशबहादुर कटुवालले बताउनुभयो ।

“पुुख्र्यौली सीपको संरक्षण र नयाँ पुस्तामा सीपको हस्तान्तरण भएको छ”, तालिमको अनुुगमनका क्रममा सोमबार घराम्दी जानुभएका कटुवालले भन्नुभयो, “गाउँमै रहेको कच्चा पदार्थको प्रयोगबाट आत्मनिर्भर र वायु प्रदूषण बढाउने पलास्टिकजन्य सामानको आयात घटाउँछ ।” यस्तो सीपमूलक तालिम अन्य गाउँबस्तीमा पनि आवश्यक रहेको उहाँले बताउनुभयो । अन्नपूर्ण गाउँपालिकामा पाँचवटा सामुदायिक सिकाइ केन्द्र रहेका छन् । भुरुङ तातोपानी, खिवाङ, नारच्याङ, मण्डली र नागी सामुदायिक केन्द्र छन् । रासस