५ पुष २०८२, शनिबार
,
Latest
राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ- नेता सिंह राजनीतिमा मिल्न बाँकी हिसाब ! ‘पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँ’ पत्रकारले आचारसहिंता पुर्ण रूपले गर्नुपर्नेमा जोड टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण
तपाईं के खोज्दै हुनुहुन्छ ?

१० औं एक्सेल्सियर कप : एक्सेल्सियरको विजयी सुरुआत



अ+ अ-

आयोजक द एक्सिेल्सियर स्कुलले १० औं एक्सेल्सियर कप अन्तर्गत सिनियर ब्वाइज बास्केटबलमा सोमबार विजयी सुरुआत गरेको छ ।

स्वयम्भूस्थित घरेलु कोर्टमा एक्सेल्सियरले विस्डम एकेडेमीलाई ३०–१५ ले पराजित ग-यो । एक्सेल्सियरका छिरिङ गुरुङले ११ अंक जोडे । सिनियर ब्वाइजमै स्वर्णिमले एनआईसी एकेडेमीलाई २१–१५ तथा रेडिअन्ट पब्लिकले होली भिजनलाई ४२–१२ ले हराए ।

सिनियर गल्र्सको बास्केटबलमा स्वर्णिमले न्यु जेनिथलाई १८–७, काष्ठमण्डपले रिब्सलाई २५–१४ र रेडिअन्टले बोधीसत्वलाई १६–६ ले पाखा लगाए ।

ब्वाइज फुटसलको यु–१३ मा काष्ठमण्डपले एलआरआई र निसर्ग वाटिकालाई समान ३–१ तथा फेरिल्यान्डले एक्सेल्सियर ‘नीलो’ लाई १–० ले पन्छाए । निर्भाना र बोधीसत्व तथा ल्यान्डमार्क र निर्भानाबीचको खेल गोलरहित बराबरी सकियो ।

ब्वाइज फुटसलको यु–१२ मा सेक्रेड हार्टले स्वस्तिश्री गुरुकुललाई २–१ तथा काष्ठमण्डपले स्वस्तिश्री गुरुकुललाई ५–१ गोलले पराजित गरे । काष्ठमण्डप र एलआरआईले १–१ तथा एलआरआई र सेक्रेड हार्टले २–२ गोलको बराबरी खेले ।

ब्वाइज फुटसलको यु–१६ मा काष्ठमण्डपले न्यु एरालाई २–१ र बाल दीक्षा सदनलाई ६–०, न्यु एराले बाल दीक्षा सदनलाई ५–२ तथा चेल्सी वल्र्ड स्कुलले एक्सेल्सियर ‘नीलो’ लाई ३–१ गोलले हराए । चेल्सी र निसर्ग वाटिकाले गोलरहित बराबरी खेले भने ल्यान्डमार्क र संस्कृतिबीचको खेल १–१ गोलको बराबरीमा टुंगियो ।

प्रतियोगिताको राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले एक कार्यक्रमबीच उद्घाटन गरे । सो अवसरमा एक्सेल्सियरका अध्यक्ष शितल राणा, प्रबन्ध निर्देशक राम बस्नेत, प्रिन्सिपल प्रशान्त रजकलगायतको उपस्थिति रहेको थियो ।

फुटसलको यु–१२ मा १८, यु–१३ मा २० र यु–१६ मा १२ टिम सहभागी छन् । बास्केटबलको ब्वाइज र गल्र्स दुवैमा समान १२–१२ टिमले प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिता माघ २२ गतेसम्म चल्ने छ ।