८ भाद्र २०८३, सोमबार
,
Latest
१५ किलो लागुऔषधसहित पाँच महिला पक्राउ दुखुखोला सडक पुल जोखिममा सुदूरपश्चिममा साउनमा पाँच हजार सवारी कारबाहीमा, ४३ लाख राजस्व संकलन कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना दश रुपैयाँदेखि पितृमोक्ष भवनसम्मः विपत्तिमा तीन दशकदेखिको सारथि विपद् प्रतिकार्यमा जुट्यो राप्तीसोनारी गाउँपालिका रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्रीले विधेयकको प्रस्ताव पेस गर्ने आरक्षपीडितको समस्या समाधान गर्न आयोग गठन हुन्छ : मन्त्री रावल आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
तपाईं के खोज्दै हुनुहुन्छ ?

१० औं एक्सेल्सियर कप : एक्सेल्सियरको विजयी सुरुआत



अ+ अ-

आयोजक द एक्सिेल्सियर स्कुलले १० औं एक्सेल्सियर कप अन्तर्गत सिनियर ब्वाइज बास्केटबलमा सोमबार विजयी सुरुआत गरेको छ ।

स्वयम्भूस्थित घरेलु कोर्टमा एक्सेल्सियरले विस्डम एकेडेमीलाई ३०–१५ ले पराजित ग-यो । एक्सेल्सियरका छिरिङ गुरुङले ११ अंक जोडे । सिनियर ब्वाइजमै स्वर्णिमले एनआईसी एकेडेमीलाई २१–१५ तथा रेडिअन्ट पब्लिकले होली भिजनलाई ४२–१२ ले हराए ।

सिनियर गल्र्सको बास्केटबलमा स्वर्णिमले न्यु जेनिथलाई १८–७, काष्ठमण्डपले रिब्सलाई २५–१४ र रेडिअन्टले बोधीसत्वलाई १६–६ ले पाखा लगाए ।

ब्वाइज फुटसलको यु–१३ मा काष्ठमण्डपले एलआरआई र निसर्ग वाटिकालाई समान ३–१ तथा फेरिल्यान्डले एक्सेल्सियर ‘नीलो’ लाई १–० ले पन्छाए । निर्भाना र बोधीसत्व तथा ल्यान्डमार्क र निर्भानाबीचको खेल गोलरहित बराबरी सकियो ।

ब्वाइज फुटसलको यु–१२ मा सेक्रेड हार्टले स्वस्तिश्री गुरुकुललाई २–१ तथा काष्ठमण्डपले स्वस्तिश्री गुरुकुललाई ५–१ गोलले पराजित गरे । काष्ठमण्डप र एलआरआईले १–१ तथा एलआरआई र सेक्रेड हार्टले २–२ गोलको बराबरी खेले ।

ब्वाइज फुटसलको यु–१६ मा काष्ठमण्डपले न्यु एरालाई २–१ र बाल दीक्षा सदनलाई ६–०, न्यु एराले बाल दीक्षा सदनलाई ५–२ तथा चेल्सी वल्र्ड स्कुलले एक्सेल्सियर ‘नीलो’ लाई ३–१ गोलले हराए । चेल्सी र निसर्ग वाटिकाले गोलरहित बराबरी खेले भने ल्यान्डमार्क र संस्कृतिबीचको खेल १–१ गोलको बराबरीमा टुंगियो ।

प्रतियोगिताको राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले एक कार्यक्रमबीच उद्घाटन गरे । सो अवसरमा एक्सेल्सियरका अध्यक्ष शितल राणा, प्रबन्ध निर्देशक राम बस्नेत, प्रिन्सिपल प्रशान्त रजकलगायतको उपस्थिति रहेको थियो ।

फुटसलको यु–१२ मा १८, यु–१३ मा २० र यु–१६ मा १२ टिम सहभागी छन् । बास्केटबलको ब्वाइज र गल्र्स दुवैमा समान १२–१२ टिमले प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिता माघ २२ गतेसम्म चल्ने छ ।