७ श्रावण २०८३, बिहीबार
,
Latest
बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउँदै अर्जुनधारा आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न मानार्थ वाणिज्यदूतहरूलाई परराष्ट्रमन्त्री खनालको आह्वान ‘स्क्यामर’ र अन्य अपराधीको निगरानी गर्न आग्रह कृषि विश्वविद्यालय विदेशी विद्यार्थी भर्ना लिने तयारीमा तीन महिनामा सात हजार फरार प्रतिवादी पक्राउ मन्त्री बादीद्वारा सिंहदरबारस्थित दिवा शिशु केन्द्रको अनुगमन बिमा ऐनसम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ निजी क्षेत्रसँग सहकार्य गरेर शिक्षा क्षेत्रमा सुधार गर्छौंः मन्त्री पोखरेल उपराष्ट्रपति यादव इजिप्टको राष्ट्रिय दिवसमा सहभागी नेपाली काँग्रेसले शुरु गर्‍यो ‘एनसी फर एनसी’ अभियान
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईसीसीद्वारा श्रीलंका क्रिकेट बोर्डको निलम्बन फुकुवा



अ+ अ-

एजेन्सी । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले श्रीलंका क्रिकेट बोर्ड (एसएलसी) माथिको निलम्बन फुकुवा गरेको छ ।

काउन्सिलले आइतबार जारी गरेको विज्ञप्तिमा बोर्डमा अब सरकारको हस्तक्षेप नरहेको बताएको छ । यस्तो अवस्थामा बोर्ड तत्काल प्रभावबाट पुनर्स्थापित हुन्छ ।

सरकारको हस्तक्षेपपछि आईसीसीले नोभेम्बर–२०२३ मा भएको विश्वकपमा श्रीलंकाको बोर्डलाई निलम्बन गरेको थियो । एकदिवसीय विश्वकपमा निराशाजनक प्रदर्शनका कारण त्यहाँको खेलकुद मन्त्रालयले नोभेम्बर ६ मा श्रीलंका क्रिकेट बोर्ड (एसएलसी) बर्खास्त गरेको थियो ।

एसएलसी निलम्बन गर्दा आईसीसीले कुनै पनि आईसीसी सदस्यको काममा सरकारी हस्तक्षेप नहुने बताएको थियो तर पछिल्ला केही दिनदेखि श्रीलंकाको बोर्डले खुलेर काम गर्न सकेको छैन ।

यही निलम्बनका कारण श्रीलंकाले पुरुष यू–१९ विश्वकपको आयोजकत्व गुमाउनु परेको थियो । यो प्रतियोगिता दक्षिण अफ्रिकामा हुँदैछ । श्रीलंकाको टोलीले आफ्ना दुवै खेल जितेर तेस्रो लिग खेल अस्ट्रेलियासँग खेल्दैछ ।