५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री कप: आर्मीले सुदूरपश्चिमलाई दियो २६३ रनको लक्ष्य



अ+ अ-

काठमाडौँ । जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिम प्रदेशलाई जितका लागि दुई सय ६३ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित टियू मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको आर्मीले ४८.३ ओभरमा अलआउट हुँदै दुई सय ६२ रन बनायो ।

आर्मीको लागि कुशल मल्लले उत्कृष्ट अर्धशतकीय ईनिङ खेले । उनले ६७ बलमा तीन छक्का र १० चौका प्रहार गर्दै ७५ रनको योगदान दिए । कुनै समय ८८/६ को स्थितमा रहेको आर्मीलाई कुशल र बसिर अहमदले दुई सय एक रनको सुदृढ अवस्थासम्म डोर्याएका थिए । बसिरले ३६ रन बनाए ।

यस्तै, सन्दीप रजालीले ३७ रन थप्दा सोमपाल कामीले ३१, सन्तोष कार्कीले ३०, साहब आलमले २१ रन बटुले । अन्य खेलाडिले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । आर्मीले अतिरिक्त रुपमा १० रन पाएको थियो ।

सुदूरपश्चिम प्रदेशको लागि भोजराज भट्ट एक्लैले ६ विकेट लिए । यस्तै, नरेन साउदले तीन र विकास अग्रीले एक विकेट लिए ।