• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा

यू–१९ विश्वकप: ‘सुपर सिक्स’ मा नेपालले भारत र बंगलादेशसँग खेल्ने



काठमाडौँ । जारी आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताको ‘सुपर सिक्स’ चरणमा नेपालले आफ्नो प्रतिद्वन्द्वी पाएको छ । ‘सुपर सिक्स’ चरणमा नेपालले बंगलादेश र भारतसँग खेल्ने भएको हो ।

नेपालले आफ्नो पहिलो खेल बंगलादेशसँग खेल्ने भएको छ । नेपाल र बंगलादेशबिचको खेल ३१ जनावरीमा हुनेछ । यसैगरी, दोस्रो खेल २ फेब्ररीमा टेस्ट राष्ट्र भारतसँग खेल्नेछ ।

समूह चरणको खेलमा नेपाल तेस्रो हुँदै ‘सुपर सिक्स’ चरणमा प्रवेश गरेको थियो । समूह ‘डी’ मा तीनवटै खेल जितेको पाकिस्तान ६ अङ्कसहित पहिलो, दुई खेल जितेको न्युजिल्यान्ड चार अङ्कसहित दोस्रो र एक खेल जितेको नेपाल दुई अङ्कसहित तेस्रो भएको थियो ।

नेपाल समुहचरणमा न्युजिल्यान्डसँग ६४ रन र पाकिस्तानसँग पाँच विकेटले पराजित भएको थियो । नेपालले अन्तिम खेलमा अफगानिस्तानलाई रोमाञ्चक एक विकेटले हराउदै सुपर सिक्स मा पुगेको थियो । तीनवटै खेलमा पराजित भएको अफगानिस्तान भने समूह चरणबाटै बाहिरिएको थियो ।

दक्षिण अफ्रिकामा जारी विश्वकपमा सहभागी १६ टोलीलाई चारवटा समूहमा विभाजन गरिएको थियो । प्रत्येक समूहको शीर्ष तीन स्थानमा रहने टोलीले सुपर सिक्स को चरणमा पुग्ने प्रावधान छ । त्यसपछि समूह ए का टोलीले समूह डी तथा समूह बी र समूह सी को टोलीले एक अर्कासँग खेल्नेछन् । सुपर सिक्समा प्रत्येक टोलीले दुई–दुई खेल खेल्नेछन् र शिर्ष दुई–दुई टोलीले सेमिफाइनलमा खेल्नेछन् ।

प्रतियोगिताको सेमिफाइनलमा ‘सुपर सिक्स’ चरणको एउटा समूहमा पहिलो भएको टोलीले अर्को समूहमा दोस्रो भएको टोलीसँग प्रतिस्पर्धा गर्नेछन् । त्यसपछि सेमिफाइनल खेलमा विजयी हुने दुवै टोली प्रतियोगिताको फाइनलमा प्रवेश गर्नेछन् । फाइनल खेल फेब्रुअरी ११ मा खेलिने छ ।

‘सुपर सिक्स’ चरणको समूह ‘एक’ मा भारत, पाकिस्तान, न्युजिल्यान्ड, बंगलादेश, नेपाल र आयरल्यान्ड रहेका छन् । समूह ‘दुई’ मा भने अस्ट्रेलिया, श्रीलंका, वेस्ट इन्डिज, दक्षिण अफ्रिका, इङ्ल्यान्ड र जिम्बाबे रहेका छन् ।