२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री कप क्रिकेट: सुदूरपश्चिम र आर्मी तथा गण्डकी र पुलिस भिड्ने



अ+ अ-

काठमाडौँ: प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज दुई खेल हुने भएका छन् । सुदूरपश्चिम प्रदेश र त्रिभुवन आर्मी क्लबीचको खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुने छ । अर्को खेल काठकाडौँको मुलपानी क्रिकेट मैदानमा गण्डकी प्रदेश र नेपाल पुलिस क्लबबीच हुने छ ।

दश टोली सम्मिलित प्रधानमन्त्री कप क्रिकेटमा सुदूरपश्चिम प्रदेश अङ्क तालिकाको पाँचौँ स्थानमा छ । सुदूरपश्चिम हालसम्म खेलेका ६ खेलमध्ये चारमा विजयी हुँदै आठ अङ्क जोडेको छ । यस्तै आर्मी क्लब अङ्क तालिकाको चौथो स्थानमा छ । आर्मीले हालसम्म सात खेलमा पाँचमा जित हासिल गर्दै १० अङ्क जोडेको छ ।

यसैगरी गण्डकी प्रदेश अङ्क तालिकाको आठौँ स्थानमा छ । गण्डकीले सात खेलमा दुईमा विजयी हुँदै चार अङ्क बनाएको छ । यस्तै नेपाल पुलिस क्लब हालसम्म खेलेका ६ खेलमै जित हासिल गर्दै १२ अङ्कका साथ शीर्ष स्थानमा छ । रासस