५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचकमा दोहोरो अङ्कको सुधार



अ+ अ-

काठमाडौँ । गत साता निरन्तर ओरालो देखिएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा यो सातामा कारोबारको पहिलो दिन भने दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक १० दशमलव ३७ अङ्कले बढेर दुई हजार ९४ दशमलव ४६ को बिन्दुमा कायम भएको हो ।

आज तीन सय ६ कम्पनीको एक करोड सात लाख ५१ हजार एक सय ६४ कित्ता शेयर एक लाख सात सय ८२ पटक खरिद बिक्री हुँदा रू तीन अर्ब ८३ करोड ३७ लाख ७६ हजार पाँच सय ८० बराबरको कारोबार भएको छ ।

आज बैंकिङ समूह शून्य दशमलव ०९, होटल तथा पर्यटन समूह एक दशमलव ८६, उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ४९ र म्युचुअल फन्ट शून्य दशमलव ०४ प्रतिशतले घटेको छ । अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै जलविद्युत् समूह एक दशमलव ३३ र अन्य समूह एक दशमलव ३२ प्रतिशतले बढेको छ ।

मिड सोलु हाइड्रोपावर लिमिटेड र माथिल्लो मैलुङ खोला जलविद्युत् लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने चन्द्रागिरि हिल्स लिमिटेडको शेयर मूल्य ९ दशमलव ८६ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको रु ३३ करोड ५३ लाख ४५ हजार आठ सय ८७ बराबरको शेयर कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा ङादी ग्रुप पावर लिमिटेडको छ लाख ९० हजार एक सय २२ कित्ता शेयर किनबेच भएको छ । रासस