• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   बजेटले पोखरा पर्यटकीय राजधानी बन्छ कि बन्दैन, भन्ने प्रश्न उठायो: सांसद बैरागी ★   जलवायु परिवर्तनको असर र प्रभावको सम्बन्धमा संसदभित्र छलफल गरौँ: सांसद सापकोटा ★   संसदीय छानविन विशेष समितिले गृहमन्त्री लामिछानेमाथि पनि छानविन गर्छ: गगन थापा ★   पण्डित नवराज पौडेलको १०४ औं जन्म जयन्ती मनाईयो ★   भारतमा निर्वाचनको अन्तिम दिन मतदान स्थलमा खटिएका ३३ कर्मचारीको मृत्यु ★   सांसद न्यौपानेको प्रश्न: सिंहदरबारमा हाफपाइन्ट र चप्पल लगाउने सर्वसाधारणलाई किन प्रवेश दिइएन ? ★   वीरगञ्ज औद्योगिक क्षेत्रको विद्युत् आपूर्ति सुधार गरिँदै ★   गृहमन्त्रीले ट्राफिक कारबाहीमा परेकालाई सडकमा उभ्याएको भन्दै रामहरि खतिवडाको आपत्ति ★   घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार? ★   गृहमन्त्री लामिछानेविरुद्धको रिटको पेशी न्यायाधीश श्रेष्ठको ईजलासमा

जो कोहीले पनि एसिड प्राप्त गर्ने कुरालाई रोक्नुपर्छ: अध्यक्ष ओली



काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जो कोहीले पनि एसिड प्राप्त गर्ने कुरालाई रोक्न आवश्यक रहेको बताउनुभएको छ ।

एसिड (तेजाब) आक्रमणबाट पीडित किशोरी र महिलाहरूका पीडा र जीवन कथालाई समेटर निर्माण हुने चलचित्र नमेटिने घाउको घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले एसिड परिभाषित रुपमा मात्रै प्राप्त गर्नसक्ने व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले प्रशासनिक सजगता बिना एसिडको उपलब्धता हुनु नहुने भन्दै के प्रयोजन, कुन मात्रामा किनेको हो ? कति मात्रा प्रयोग भयो, त्यसको बाँकी अंश छ भने त्यो फिर्ता गर्नेसम्मका प्रवन्ध कडाइ र व्यवस्थित गरेर मात्रै एसिड बिक्री वितरण गर्ने प्रावधान लागू गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले यसबारेमा आफूले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर ध्यानाकर्षण गराउने पनि बताउनु भयो । उहाँले घटना हुन नदिनका लागि सरकारले समयमा नै आवश्यक कदम चाल्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सरकारको ध्यानाकर्षण त यो कार्यक्रममार्फत आफैँ भएको छ । यस फिल्मको निर्माणको सन्दर्भमा निर्माण भइसकेपछि यसलाई जब हामी प्रशारण गर्दछौँ, त्यसको सन्दर्भमा पनि ध्यानाकर्षण हुनेछ । तर त्यसबाहेक मैले यस सन्दर्भमा शिर्ष नेताहरुको तहमा प्रधानमन्त्रीजीलाई भेटेरै कुरा गर्नेछु । यस एजेण्डामा नै छलफल गर्नेछु । जतिबेला यो कानून ल्याइयो त्यतिबेला अहिलेका प्रधानमन्त्री मसँगै हुनुहुन्थ्यो । उहाँलाई यस विषयमा त्यतिबेला पनि थाहा छ । अहिले फेरि म उहाँको ध्यानाकर्षण पनि गराउँछु । अकेजेनली यस्ता मूहुर्तहरुमा, मूहुर्त मूहुर्तमा मात्रै स्मरण गर्ने गर्ने कुरा होइन । हाम्रो समाजमा अनवरत रुपमा प्रयास गरिनुपर्दछ ।’

‘यस्ता घटना हुन नपाउन् भनेर । यो प्रशासनिक सजगता बिना एसिडको उपलब्धता नै हुनु हुँदैन । के प्रयोजनका लागि कसरी भन्नेकुरा, कसले एसिड किनेको हो ? के प्रयोजनका लागि किनेको हो ? कुन मात्रामा किनेको हो ? र त्यसपछि त्यति मात्रा प्रयोग भयो की भएन ? के भयो ? त्यसको बाँकी अंश छ भने त्यो फिर्ता गर्नेसम्मका प्रवन्ध कडाइ र व्यवस्थित गरेर मात्रै एसिड बिक्री वितरण गर्ने वा एसिडको आवश्यकता पर्नेहरुलाई मात्रे उपलब्ध गराउने त्यो खालको परिपाटी विकास गर्नैपर्छ । जोसुकैले जहाँसुकै एसिड प्राप्त गर्न नसकोस् । उपलब्धै नहोस् । परिभाषित ढंगले मात्रै उपलब्ध होस् । उपलब्ध बिक्री भएपछि सकियो मात्रै होइन । यो तरकारी पसलबाट तरकारी किनेर ल्यायो । पकाएर खायो की फाल्यो उसले जान्दछ जस्तो कुरा होइन यो । कसरी, कहाँ र कति प्रयोग भयो ? भन्ने रिपोर्ट पनि प्रशासनले दिनुपर्छ ।’

अध्यक्ष ओलीले एसिड आक्रमणकारीलाई मृत्युदण्ड नै दिनुपर्छ भन्ने पक्षमा भने आफू नरहेको बरु अरु कुनैपनि सजाय दिन सकिने स्पष्ट पार्नुभयो । —न्युज एजेन्सी नेपाल