२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

किसानका बगैँचामा पुगेर स्याउ व्यवस्थापनबारे जानकारी दिँदै कृषि प्रविधिक



अ+ अ-

जुम्ला । यहाँका किसान यो याममा स्याउका बगैँचा काँटछाँट तथा बगैँचा व्यवस्थापन गर्नका लागि कृषि विकास कार्यालयका कृषि प्रविधिक बगैँचामा पुगेर किसानलाई जानकारी दिनेदेखि सिकाउनमा लागिपरेका छन् ।

कृषि विकास कार्यालयको आर्थिक तथा प्राविधिक सहयोगमा यहाँको तिला गाउँपालिका–१ का स्याउ किसानका बगैँचामा पुगेर बगैँचा काँटछाँट तथा स्याउ व्यवस्थापनबारे जानकारी किसानलाई दिने गरेको कृषि विकास कार्यालयका कृषि प्रविधिक सुस्मा बुढाले जानकारी दिनुभयो ।

किसानलाई बगैँचा काँटछाँट तथा उपयुुक्त स्याउ व्यवस्थापन गर्न राम्रोसँग जानकारी छैन । कार्यालयले यहाँका सबै स्थानीय तहमा कृषि प्रविधिक खटाएको छ । स्याउ किसानलाई राम्रोसँग बगैँचा काँटछाँट तथा व्यवस्थापन गर्न सिकाउनेदेखि थप प्रविधिक ज्ञान दिने गरेको कार्यालयका कृषि प्रविधिक बुढाको भनाइ छ ।

यहाँका स्याउ किसान त्यतिबेला स्याउ बगैँचा काँटछाँट तथा व्यवस्थापनमा व्यस्त हुने गरेको तिला–१ का स्याउ किसान परी रावलले बताउनुभयो । “स्याउको बगैँचा समयमै व्यवस्थापन नगरे स्याउ कम फल्छ, स्याउ कम फलेको खण्डमा हाम्रो आम्दानीको स्रोत हुँदैन, समयमै स्याउ काँटछाँट गर्न लागिपरेको छु, अहिले कृषि विकास कार्यालयबाटै प्रविधिकले बगैँचामा पुगेर स्याउ काँटछाँट गर्न सिकाउनुभएको छ”, स्याउ किसान रावतले भन्नुभयो ।

जिल्लामा खासगरी पुसदेखि माघको अन्त्यसम्म स्याउका बिरुवा लगाउने र स्याउको बगैँचा काँटछाँट गर्ने समय हो । धेरैजसोलाई प्राविधिक ज्ञान नहुँदा बगैँचा काँटछाँट तथा व्यवस्थापन राम्रोसँग गरेका छैनन् । अहिले कृषि प्रविधिकबाट बगैँचा काँटछाँट तथा व्यवस्थापन गर्न किसानलाई थप प्रविधिक ज्ञानबारे जानकारी दिएकाले सहज भएको स्याउ रावतको भनाइ छ ।

स्याउका बिरुवा लगाउँदा कृषि प्राविधिकको सल्लाहअनुसार रोप्दा र समयमै बगैँचा व्यस्थापन गरे गुणस्तरीय फल र बगैँचा राम्रो देखिने कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाले जानकारी दिनुभयो । जिल्ला कृषि विकास कार्यालयले कार्य क्षेत्रभित्रका अधिकांश किसानका बगैँचामै स्याउ बगैँचाको व्यवस्थापन गर्न सिकाउन थालिएको छ ।

कार्यालयको आर्थिक वर्ष २०८०/८१ को स्वीकृत कार्यक्रमअनुसार स्याउ बगैँचा व्यवस्थापनअन्तर्गत किसानलाई चुना र निलोथुतो पनि वितरण गरिएको कृषि विकास कार्यालयका कृषि प्रविधिक बताउँछन् । जिल्लामा चार हजार दुई सय हेक्टर क्षेत्रफलमा स्याउखेती भएकामध्ये करिब एक हजार छ सय ५० हेक्टर क्षेत्रफलमा मात्र स्याउले फल दिने गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण स्याउ सुपरजोन परियोजना कार्यान्वयन एकाइले जनाएको छ । रासस




भर्खरै