• ३१ जेष्ठ २०८१, बिहीबार
  •      Thu Jun 13 2024
  •   Unicode
Logo
Latest
★   मम–चाउमिन जस्तै गरी सिमेन्ट–इँटा खान्छिन् यी महिला ★   दूध बिक्री गरेर आत्मनिर्भर बन्दै किसान ★   सरकारले सबै जमिन आफ्नो मातहत ल्याउने नीति बनाउनुपर्छ: मेटमणी चौधरी ★   इमरान खान, कुरेसीलगायत पिटिआई नेता आजादी मार्च मुद्दामा निर्दोष ठहर ★   ताप्लेजुङमा बाढीले पुल बगाएपछि सडक अवरुद्ध ★   बन्दीपुर केवलकार व्यावसायिक रुपमा सञ्चालन ★   टी–२० विश्वकप खेलाइएको न्युयोर्कको नासाउ काउन्टी स्टेडियम भत्काइँदै ★   नेपालबाट तीन अर्ब बढीको हस्तकला विदेश निर्यात ★   जसपा महाधिवेशन: अध्यक्षमा उपेन्द्रले लिए शपथ, अन्य पद सहमतिबाट टुङ्ग्याउने ★   लुम्बिनी विकास कोषका इन्जिनियर भट्टराईलाई ६ वर्ष कैद र ८० लाख जरिवाना

बिहारका मुख्यमन्त्री नितिश कुमारले रानीनामा दिए



पटना । भारतको बिहारका मुख्यमन्त्री नितिश कुमारले राज्यपाललाई राजीनामा पत्र बुझाएका छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीले गठबन्धन सरकारको मुख्यमन्त्री पदबाट राजीनामा दिएका नितिश कुमारलाई फोन गरेर बधाई दिएका छन् । नितिशले पनि राजीनामा दिएपछि आफ्नो प्रतिक्रिया दिएका छन् ।

सञ्चारकर्मीसँग कुरा गर्दै उनले छिट्टै थप रणनीति सार्वजनिक गर्ने बताए । उनले गठबन्धनको सरकार सकिएको बताए । नीतीशले गठबन्धन सरकारमा सबै कुरा राम्रोसँग नरहेको आरोप लाएका छन् । एकै साथ, नितिशले सरकारको कामको श्रेय आरजेडीलाई लिएर आफ्नो असन्तुष्टि व्यक्त गरे ।

उनले भारत बनाउन र यसको कामलाई अगाडि बढाउन धेरै प्रयास गरिएको तर अरूले चासो नदेखाएको बताए । अब नितिशले भाजपासँग मिलेर सरकार बनाउनेछन् । नितिश कुमारको कुरा गर्ने हो भने ‘नेताजी’ पक्ष परिवर्तन गर्ने नामले चर्चित छन् ।

सन् २०१४ को कुरा गर्दा नितिश कुमार २०१३ मा लोकसभा चुनावअघि एनडीएबाट अलग भएका थिए । पछि उनले आरजेडी र कांग्रेससँग गठबन्धन बनाए । सन् २०१७ को कुरा गर्दा उनी महागठबन्धनबाट अलग भएर फेरि एनडीएमा सामेल भए । पछि उनले एनडीएसँगको सम्बन्ध तोडेर गठबन्धनमा सामेल भए ।

अब फेरि एक पटक उनको एनडीएमा फर्किने अनुमान गरिएको छ । यस्तो अवस्थामा एउटा कुरा प्रष्ट हुन्छ कि नीतीशले सत्ताको राजनीति गर्छन् र उनी अप्रत्याशित छन् ।

२४३ सदस्यीय बिहार विधानसभामा साधारण बहुमतका लागि सरकारलाई १२२ सदस्यहरूको समर्थन चाहिन्छ । बहुमतको आंकडा ७८ बीजेपी विधायक, ४५ जेडीयु र चार हिन्दुस्तानी अवाम मोर्चाका विधायकहरू बाहेक स्वतन्त्र सुमित कुमार सिंहको समर्थनमा प्राप्त हुन्छ । अगस्ट १०, २०२२ पहिले नितिशको सरकार यही तथ्याङ्कको आधारमा चलिरहेको थियो ।