२० मंसिर २०८२, शनिबार
,
Latest
कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’ प्रथम राष्ट्रिय इनलाइन स्केट म्याराथनको उपाधि निमिषा र साम्देन लाई भ्याली पब्लिक बास्केटबलमा तेजस्वी र पारामाउन्ट विजयी महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

उत्तर कोरियाले क्रुज क्षेप्यास्त्रहरू प्रहार गरेको दक्षिण कोरियाको भनाइ



अ+ अ-

सोल । उत्तर कोरियाले मुलुकको पूर्वी तटमा एउटा प्रमुख सैन्य शिपयार्ड नजिकै पानीमाथि उडान भर्ने क्रुज क्षेप्यास्त्रहरू प्रहार गरेको दक्षिण कोरियाको सेनाले आइतबार बताएको छ । उत्तर कोरियाको उक्त कदमबाट हतियार परीक्षणहरूको सिलसिला बढेको छ र यसले अमेरिका, दक्षिण कोरिया र जापानसँग तनाव बढाएको छ ।

प्रक्षेपणहरू गत साता उत्तर कोरियाली क्रुज क्षेप्यास्त्र परीक्षणहरूको अर्को चरण र जनवरी १४ मा मुलुकको पहिलो ठोस–इन्धन मध्यमदूरीको ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षणपछि गरिएको हो । यी परीक्षणहरूले उत्तर कोरियाका नेता किम जोङ उनको दक्षिण कोरिया र जापानमा क्षेप्यास्त्र प्रतिरक्षा तथा गुआमसहित प्रशान्त क्षेत्रमा टाढाको अमेरिकी लक्ष्यहरूलाई प्रभावित गर्नका लागि डिजाइन गरिएको हतियारहरूको विस्तार गर्ने प्रयासलाई प्रतिविम्बित गर्दछन् ।

दक्षिण कोरियाका संयुक्त चिफ अफ स्टाफले उत्तर कोरियाली बन्दरगाह सिनापो नजिक पानीमाथि क्षेप्यास्त्रहरू पत्ता लगाएका छन् । त्यहाँ उत्तर कोरियाको क्षेप्यास्त्र–प्रहार पनडुब्बीसहित प्रमुख नौसैनिक जहाजहरूको निर्माण गर्ने प्रमुख शिपयार्ड छ ।

उत्तर कोरियाले प्रहार गरेको क्षेप्यास्त्रहरूको सङ्ख्या, कति टाढा उडेका थिए र जमीन वा नौसैनिक सम्पत्तिहरूबाट प्रक्षेपण गरिएको थियो वा थिएन भन्नेबारे दक्षिण कोरियाको सेनाले तत्काल विशिष्ट प्रक्षेपणको विवरण दिएको छैन ।

किमले आफ्ना हतियारहरूको विकासमा तीव्रता दिइरहनुभएको र उहाँले एसियाली सहयोगीहरूसँग आणविक द्वन्द्वको उत्तेजक धम्कीहरू जारी गरिरहनुभएकाले हालैका महिनाहरूमा कोरियाली प्रायद्वीपमा तनाव बढेको छ ।

यसको जवाफमा अमेरिका, दक्षिण कोरिया र जापानले संयुक्त सैन्य अभ्यासको विस्तार गर्दै आएका छन् । यसलाई किमले आक्रमणको पूर्वाभ्यासका रूपमा चित्रण गर्नुभएको छ र आणविकसक्षम अमेरिकी सम्पत्तिहरू वरपर निर्मित प्रतिरोध रणनीतिहरूलाई तीव्रता दिइरहनुभएको छ ।

गत साता आफ्नो प्रक्षेपणमा पुलह्वासल–३–३१ नामक नयाँ क्रुज मिसाइल समावेश गरेको र आफ्नो सेनाको विकास गर्ने नियमित हिस्सा भएको उत्तर कोरियाले बताएको छ । उसले उक्त क्षेप्यास्त्रलाई ‘रणनीतिक’ भन्नुभयो । यसले आणविक हतियारहरूले सशस्त्र बनाउने सम्भावित उद्देश्यलाई सङ्केत गर्दछ ।

उत्तर कोरियाको क्रुज क्षेप्यास्त्रहरू मुलुकको ब्यालेस्टिक क्षेप्यास्त्रहरूको विशाल लाइनअपको पूरक हो जसमा अमेरिकी मुख्य भूमिसम्म पुग्नका लागि डिजाइन गरिएको अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र पनि समावेश छन् ।

संयुक्त राष्ट्रसङ्घको प्रतिबन्धअन्तर्गत उत्तर कोरियाली क्रुज क्षेप्यास्त्र गतिविधिहरूमाथि प्रत्यक्षरूपमा प्रतिबन्ध नभए पनि विशेषज्ञहरूले यी हतियारले सम्भावितरूपमा दक्षिण कोरिया र जापानका लागि गम्भीर खतरा उत्पन्न गर्नसक्ने बताएका छन् । तिनीहरूलाई साना हवाईजहाज जस्तै उड्ने गरी डिजाइन गरिएको छ र राडारहरूले पत्ता लगाउन कठिन हुनसक्ने परिदृश्यमा यिनीहरू उड्छन् ।

उत्तर कोरियाले सन् २०२१ पछि जमिन र समुद्र दुवैबाट प्रहार गरिने लामो दूरीका क्रुज क्षेप्यास्त्रहरू कम्तीमा पनि १० चरणमा परीक्षण गरेको छ । उत्तर कोरियाले आफ्ना हतियार आणविकसक्षम रहेको र तिनीहरूको दायरा दुई हजार किलोमिटरसम्म रहेको दाबी गरेको छ । दुई हजार किलोमिटरको दूरी भनेको जापानमा अमेरिकी सैन्य अड्डासम्मको हो ।