काठमाडौँ। संघीय संसद सचिवालयमा संवैधानिक परिषद् सम्बन्धी अध्योदशविरुद्ध विरोधमा सूचना दर्ता गरेका छन्। प्रतिनिधिसभामा दर्ता भइसकेको उक्त अध्यादेशविरुद्ध नेकपा (एमाले) बाहेकका दलले मंगलबार विरोधको सूचना दर्ता गराएका हुन्।
अध्यादेशविरुद्ध विरोधको सूचना दर्ता गर्नेमा प्रमुख प्रतिपक्ष कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी रहेका छन्। नेपाली कांग्रेसका तर्फबाट कांग्रेसकी सचेतक पुष्पा भुसाल, माओवादी केन्द्रका तर्फबाट सन्त थारू, दुर्गाकुमारी विक, यशोदा सुवेदी र टेकबहादुर बस्नेतले विरोधको सूचना दर्ता गराएका हुन्।
त्यस्तै, जसपाका तर्फबाट लक्ष्णलाल कर्ण र मोहम्मद इस्तियाक राईले विरोधको सूचना दर्ता गराएका हुन्।
पून :स्थापित प्रतिनिधिसभाको पहिलो बैठकमा होहल्लाकाबीच उक्त अध्यादेश टेबुल भएको थियो । त्यसको विरोधमा कांग्रेसले रोष्टम घेरेर नारावाजी गरेको थियो भने माओवादी केन्द्रले बैठक बहिस्कार गरेको थियो।











