• १ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 14 2024
  •   Unicode
Logo
Latest
★   सीप बिना वैदेशिक रोजगारीमा जाने व्यवस्थाको अन्त्य गर्ने घोषणा ★   प्रहरी बढुवा प्रणालीलाई अनुमानयोग्य बनाइने ★   सरकारको नीति तथा कार्यक्रममा किन देखिएनन् ओली ? ★   नीति तथा कार्यक्रम: सङ्गठित क्षेत्रलाई स्वास्थ्य बीमामा अनिवार्य आबद्ध हुने व्यवस्था गरिने  ★   कञ्चनपुरमा लागूऔषध मुद्दामा ७७ जना पक्राउ ★   ठूला अस्पतालमा दुई सिफ्टमा बहिरङ्ग सेवा सञ्चालन गरिने ★   सरकारद्वारा ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ घोषणा ★   राष्ट्रपति जिनपिङको निमन्त्रणामा बेइजिङ भ्रमण गर्दै पुटिन ★   नीति तथा कार्यक्रम: पाठेघरविरुद्ध खोपलाई जिल्ला अस्पतालसम्म बिस्तार गरिने ★   विद्युतीय तारबारबाट जोगिन सूचना बोर्ड र साइरन मेसिन

प्रधानमन्त्रीसँग चिनियाँ उपमन्त्रीको शिष्टाचार भेट



तस्बिरः रासस

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हायानले शिष्टाचार भेट गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उहाँहरुबीच द्विपक्षीय हित र चासोका विविध वियषमा छलफल भएको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार रुपक सापकोटाले जानकारी दिनुभयो ।

उपमन्त्री हायान नेकपा (माओवादी केन्द्र)को औपचारिक निमन्त्रणमा शुक्रबार नेपाल भ्रमणमा आउनुभएको हो । नेपालमा रहँदा उहाँले उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम छ । रासस