• १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
  •   Unicode
Logo
Latest
★   मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी ★   चितवनमा ६४ जनामा डेङ्गु सङ्क्रमण ★   बागमती र सुदूरपश्चिम प्रदेशमा आज भारी वर्षाको सम्भावना ★   सम्पदा संरक्षण, महिला सशक्तीकरणको क्षेत्रमा स्व.अम्बिका श्रेष्ठको योगदान अतुलनिय: पूर्वराष्ट्रपति भण्डारी ★   १८ वर्षदेखि विचाराधीन संक्रमणकालीन न्यायमा कसरी जुट्यो सहमति ? ★   भेडेटारमा स्काइ टावर ★   मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ★   संघीय संसदले सहकारी संस्थाहरुको नियमन गर्नुपर्छः पूर्वअर्थमन्त्रीहरु ★   विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे ★   गृहमन्त्री लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिको भेट

‘टोल टोलमा वडाध्यक्ष (नागरिक सभा)’ मा वडा विकासको निरीक्षण



काठमाडौ । काठमाडौँ महानगरपालिकाको वडा नं. ७ ले पाँचौँ ‘टोल टोलमा वडाध्यक्ष (नागरिक सभा)’ कार्यक्रम सम्पन्न गरेको छ । सरकारका प्रतिनिधि र स्थानीय सँगै रहेर वडामा भएका पूर्वाधार निर्माणका कामको निरीक्षण गर्नु, यसको प्रभाव र अभावका विषयमा लाभग्राहीका कुरा सुन्नु कार्यक्रमको उद्देश्य हो ।

‘वडामा महानगरपालिकाको केन्द्र, वडा कार्यालय, संघ तथा प्रदेश सरकारको योजना तथा बजेटबाट योजना सञ्चालन तथा सम्पन्न भएका छन् ।’ वडाध्यक्ष विमलकुमार होडाले कार्यक्रमका विषयमा जानकारी दिँदै भन्नुभयो, ‘विकास निर्माणका विषयमा टोलबासीका कुरा सुन्छौँ । उहाँहरुबाट आएका गुनासालाई आगामी कार्यक्रममा समेट्ने प्रयास गर्छौँ । यसबाट नीति तर्जुका लागि पनि पृष्ठपोषण प्राप्त भइरहेको छ ।’

आजको कार्यक्रममा रुद्रेश्वर उद्यान, रुद्रेश्वर मन्दिर, गंगाहिटी प्रवेश मार्गको निरीक्षण तथा शिव पाञ्चायन मन्दिरसँगैको खुला क्षेत्रको व्यवस्थापनका विषयमा स्थानीयसँग छलफल गरियो । रुद्रेश्वर उद्यान निर्माण गर्न वडाले २० लाख रुपैयाँ खर्च गरेको छ । यसमा सार्वजनिक शौचालय पनि बनाइएको छ ।


यस क्रममा संघीय संसद गगनकुमार थापा, प्रदेश सभा सदस्य मीना पराजुली, वडा सदस्यहरु, टोल सुधार समिति, उपभोक्ता समिति, क्लव तथा संघ संस्थाका प्रतिनिधिहरुलाई सहभागी हुनुहुन्थ्यो ।

वडाध्यक्ष होडाका अनुसार, वडाभित्र अहिले ३० वटा टोलसुधार तथा उपभोक्ता समितिहरु छन् । महानगरपालिकाले जारी गरेको टोल विकास संस्था (गठन तथा परिचालन) कार्यविधि २०८० को व्यवस्था कार्यान्वयनको तयारी भएको छ । यसअन्तर्गत वडीमा १० वटा टोल विकास संस्था निर्माण गर्न सकिन्छ ।

वडाको मध्यमकालीन र दीर्घकालीन विकासका लागि पञ्चबर्षिय योजना तर्जुमा कार्यक्रमहरु भइरहेको होडाले जानकारी दिनुभयो ।